काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले स्थिरताको नारा लगाएर चुनावमा भोट लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको कारक तत्व निर्माण गर्नु अत्यन्तै खेदजनक र निन्दनीय रहेको बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार दल विभाजनबारे अध्यादेश ल्याएपछि नेता राईले उक्त प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषदबाट दल फुटाउनका लागि संसदीय दल वा पार्टी कुनै एक निकायमा ४० प्रतिशत मत भए सकिने प्रावधानसहितको अध्यादेश ल्याएका छन् । यसअघि दुवैमा ४० प्रतिशत पुगे मात्र दल फुटाएर नयाँ दल बनाउन सकिने व्यवस्था थियो ।

प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशले कुनै पनि दल फुटाउन वा फुट्न सहज भएको छ ।

प्रधानमन्त्रीको यो कार्य अत्यन्त खेदजनक र निन्दनीय मात्र नभएर बेमौसमी बाजा पनि भएको वरिष्ठ नेता राईको टिप्पणी छ ।

कोरोना भाइरसले मानवजाति नै संकटमा परिरहेको बेला प्रधानमन्त्री ओलीले ‘कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ गरेको नेता राईले फेसबुकमा टिप्पणी गरेका छन् ।

नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपाका नेता कार्यकर्ताहरु पछिल्लो समय राजनीतिक स्थिरता र शान्तिका कुरा गर्थे । मुलुकलाई स्थिरता दिन तथा स्थानीय सरकार निर्माण गर्नकै लागि नेकपा एमाले र माओवादी एकता गरिएको डंका पिटिदै थियो । नेकपाले निर्वाचनमा यही मुख्य नारा बनाएकाे थियाे ।

तर, प्रधानमन्त्री ओलीको यो कार्यले दलहरु फुटिरहन सजिलो हुने र देशमा सधैं अस्थिरता कायम हुने बाटो खुलेकाे छ ।

नेता राईले प्रधानमन्त्री ओलीले फेरि एक पटक फोहोरी खेलमा दलहरुलाई बदनाम गर्ने र अहिलेको व्यवस्थाप्रति नै जनविश्वास समाप्त पारेर प्रतिगामीको मतियार बन्न खोजेको आरोप लगाएका छन् ।

नेता राईले लेखेका छन्, ‘स्थिरताको नारामा भोट लिएका प्रमले अस्थिरताको कारक तत्व निर्माण गर्नु अत्यन्तै खेदजनक छ । फेरि एक पटक फोहोरी खेलमा दलहरुलाई बदनाम गर्ने र वर्तमान व्यवस्थाप्रति नै जनविश्वास समाप्त पारेर प्रतिगामीहरुको मतियार बन्ने काम कुनै परिवर्तनकारी व्यक्ति वा शक्तिले गर्न सक्दैन । यस्तो दुष्कर्मको निन्दा हुनुपर्दछ ।’

"कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर " भन्ने नेपाली उखान चरितार्थ गर्दै सरकारले " दलविभाजन बारे" अध्यादेश ल्यायो ।…

Gepostet von Rai Ashok am Montag, 20. April 2020

1 COMMENT

  1. There is no doubt this Adhaydesh provision can cause serious harm to other political parties but Nepal Communist Part will not remain untouchable either. “Malalai khane baghle timilai pain khana sakchha”. This party has just been unified but their unification foundation is still raw can cause serious damage, if not to this government too.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here