फाटेको चप्पल ।
फाटेकै लुगा ।
थोत्रे झोला ।
मैलो मास्क ।
मास्क मात्रै के भनौ,
यस बेलाको सबैभन्दा
ठुलो,
बलियो,
खतरा हतियार ।
उही हतियारधारीहरू,
हिजो-आज,
पुर्व देखि पश्चिम,
पश्चिम देखि पूर्व,
उत्तर देखि दक्षिण,
दक्षिण देखि उत्तर,
गोरेटो,
राजमार्गहरु,
पार गरिरहेछन् ।
माओ र गान्धीहरू भन्दा पृथक।
किनकी,
उनीहरुलाई जित्नु छैन अर्को सामन्तवाद ।
खेद्नु छैन अर्को साम्राज्यवादी ।
पाउनु छैन अर्को समानता।
सिर्फ,
सिर्फ पार गर्नु छ,
थकित गोडाले सयौ माइल।
सिर्फ पुग्नु छ,
आफ्नै झुप्रे झुपडी ।
अनि मेटनु छ,
कैयौं दिनको भोक र धपेडी।
अरू,
अरू त भोलिको झिसमिसे ले बताउला।
यसैगरी चलिरहेको छ,
राता मान्छे हरूको देशमा,
आफ्नो मुलुक नभएको मजदुर हरूको
अर्को लङ्ग मार्च ।

-चामलिङ सुरेन
काठमाण्डु ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here