-मूलघरे कान्छा (राजेन खिम्बुले राई)

युकेस्थित मेडस्टाेनमा हिजो भूपू गोर्खा सैनिक रामकुमार लिम्बू नाम गरेकाे नेपालीको गाडीमा केही अतिवादी गोराहरुले घरमै आगजनी गरीदिएका छन् । उक्त घटना घट्नुको मुख्य कारण काेराेना भाइरसबाट बढ्दो घृणा अपराध नै हो भन्ने जानकारी आएको छ ।

अहिले काेराेना भाइरसकै कारण हामीजस्ता एसियन मूलका मानिसहरुमा अनी नेपालीहरुमा पनि चौतर्फी रुपमा यस्ता दुर्व्यवहार, घृणा, गालीगलौज गर्ने, आक्रमण गर्ने जस्ता घटनाहरु घटिरहेका छन् । यो भन्दा पहिला पनि युकेमा भूपू गोर्खा सैनिक बुढाबुढीहरुलाई पटक पटक यस्ता दुर्व्यवहार, ढुंगाले हान्ने, आक्रमण, थुक्ने, गालीगलौज गर्ने, मेरो देशमा किन आएको ? तेरो आफ्नै देशमै जा भन्ने जस्ता घृणित कार्यहरु घटिरहेका थिए ।

हामी नेपालीहरु जतिसुकै यो देशको लागि बफादार भएर जागिर गरे पनि, युरोप, अमेरिका, युकेमा बसेर यतै व्यापार व्यवसाय गरेर टाइसुट लगाएर हिडे पनि, घर गाडी किने पनि, जतिसुकै पैसा कमाएर लक्जरियस जीवनशैलीमा बसे पनि यहीको ग्रिन कार्ड, रेड पासपाेर्ट लिएर गोरा सरह हुन खोजे पनि आखिर यी सेतो छाला गोराहरुको नजरमा हामी सिर्फ यहाँको विदेशी, खान नपाएर उनीहरुको देशमा आएझै विदेशी नै हौ ।

हामी यो देशमा आएर जतिसुकै उच्च तह तप्कामा पुगे पनि यिनीहरुको दृष्टिकोणमा हामीलाई हेर्ने दृष्टिकोण सँधै यही नै हुने गर्दछ । मेरो सिद्धान्त जीवनमा यसरी अरुबाट घृणित भएर कहिल्यै बाच्नु नपरोस्,आफ्नै गाउँठाउँमा एक स्वतन्त्र र स्वाभिमानी जिन्दगी बिताएर स्वाभिमानी भएरै मर्न पाइयोस् ।

यो देशमा यिनीहरुको नजरमा यसरी घृणित भएर कसरी बाच्नु सकिएला ? यस्तो घटनाहरु देख्दा-सुन्दा साच्चै मेरो मुटु पोल्ने गर्दछ । त्यसैले म भन्ने गर्दछु जे जस्तो दुख-सुख गरीब नै भए पनि आफ्नै देशमा फर्किनुपर्दछ । कमसेकम यसरी घृणित भएर बाच्नु त पर्दैन । अत: यदि म जन्मिएको मेरो देशमा, मेरो गाउँठाउँमा बाहेक यही विदेशमा नै म कहिकतै मरेछु भने मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन । मेराे अन्तिम मरण मेरै देश अनि गाउँमै होस् ।

मूलघरे कान्छाकाे फेसबुकबाट ।

19 COMMENTS

  1. १०० %शही हो हामीलाई बिदेशी हावापानी ले छोएको हो त के अाफ्नो जन्मभुमि
    छोडेर अर्काको गुलामी गर्नु हाम्रो बाध्यता हो या रहर केही थोरै थोरै बिदेशीनु पहिला पुर्खा बाट पनि सुरु भएको थियो तर त्यतिबेला लाहुरे मा मात्र शायद सिमित थियो होला तर आजकाल त पानी पन्धेरो भई सकेको छ।त्यही भएर हो सबै देशका ले हेप्ने गालि गर्ने अादि

  2. बिदेशिने हाेड ले गर्दा हाम्रो अहिले को युवा पुस्तामा एक खाल्को नेगेटिभ attitude बिकाश भयेको छ जुन एक्दमै डरलाग्दो छ जस्ले गर्दा युवा हरु आफ्नो जन्मथलो लाई कर्मथलो बनाउन सकिरहेको छैनन ।जस्तै अहिलेको हाम्रो युवा हरु आफ्नो देशमा केही काम गर्न सर्माउने र काम लाई ठुलो र सानो भनेर वर्गीकरण गर्ने गर्द्छन।तर बिदेश मा फेरि गु शोर्न पनि तयार नाली शोर्न पनि तयार तसर्थ स्वाभिमानी भै बाच्नु छ भने आफ्नै भुमिमा पौरख गर्न सिकौ र सोच बद्लौ।सोचाइ जहिले पनि high राखौ तर खुट्टा जहिले पनि भुइँमा ।

  3. जन्म र मरण मात्र आफ्नो देशमा भएर पो के गर्नु र? त्पायो त झन देशको लागि ठुलै भार हो । खुरामा तागत भरिएपछि र सकिनु अघि सम्म अर्काकै लागि लडेपछि ।

  4. यो समयमा कसरी हुन्छ हामी नेपालीहरु एक जुट भएर एक अर्कामा मिलेर सहयोग गरा गर गर्नु पर्छ भन्नको साटो नेपाली मुलाहरु एकले अर्काको कुरा काट्यो तेरीमा ठास्ने हो

  5. मुलघरे कान्छा जी
    जुन घटनाबाट उद्धेलित भएर भावुक् भावना पोखेकाछौ, त्यो भन्दा हजार दशहजार गुणा चोट अपमान नपाई हाम्रो चेत आउदैन, त्यसैले जे घट्ना घटेर मुलघरे कान्छाको त्यो मन बोल्यो, ो बेलायत छाडेर नेपाल आउने र स्वाभिमानको साथ बस्ने हो । तर यो बिचार ६० नाधेकाहरुको लागी ठीकै हो सबैलाई होइन । त्यो मनलाई म एउटा घट्नाको उदाहरण दिएर डाइभर्ट गर्न खोजे ।
    ९ बर्षको उमेरमा नेपोलियन बोनापार्टलाई बाबु आमाले इटलीबाट बसाई सराई गरी फ्रान्स लिएर आए । ९ बर्षमा स्कुल भर्ना गर्दा कक्षा साथीहरुभन्दा ठुलो थियो र इटलीबाट आएको भन्ने थाहा पाएपछि स्कुलका ठुलो सानो सबै मिलेर रयाकिंड बुलिंग गर्दै रहे, १, २, ३ सहेर बस्यौ, जब ४ पटकबाट माथी पुगे फ्रेन्च केटाहरु तब नेपोलियनले बोल्यो मलाई बढन त दे तिमी फ्रेन्चहरुलाई ठीक पार्न सकिन भने म नेपोलियन बोनापार्ट पनि होइन अनि के भयो त ? १४ बर्षको उमेर शैनिक स्कुल भर्ना भए, १६ बर्षमा लेप्mिटनेन्ट भए, २२ बर्षमा सेनाको जर्णेल भए, २४ बर्षमा सम्राटलाई अपदस्थ गरेर आफै सम्राट भए ।
    मुलघरे कान्छा यो घट्नाबाट यस्तो भावना लिन म सुझाब गर्छुु – हेर्दैउ जाउ खैरे हाम्रो दोश्रो तेश्रो जेनेरेसन बढ्न देउ, यो देश हामी चलाउछौ, तेरो सरकारले पहिलो दोश्रो बिश्वयुद्ध लगायत जत्तिपनि युद्धमा मारेको हाम्रो पुर्खाहरु छन ति सबै पुनजन्म लिएर यहि देशको कर्नेल जर्नेल र शासक भएर जन्मिनेछन हाम्रो शाखा सन्तान भएर ।
    बि.स.१८३१ लाई आघार मान्दा २४५ बर्षअघी राज्य खोसियर आफनै देशमा शासित शोषित पिडित भएको बेथाकथालाई पनि यस्तै घट्नाले युटर्न (U-tern) गर्नु पर्ने हो तर “क ख र घ ” मा मात्र सिमित तपाई हामी आदिवासी जनजातीहरु अमेरिकाको रेडइन्डियन(नेटिभ अमेरिकन) भन्दा केही फरक छैनौ । अब हामी “क ख र घ” मा मात्र सिमित नरही “स स शा” को सोच बनाउनु पर्छ । बेलायत बसोवास गरेको गोर्खालीहरुको हरएक सन्तानले कर्णेल जर्णेल हुने सपना सोच र संकल्प कम्तिमा गर्नु परयो, परिणाम “शा स क” मा पुग्नेछ ।
    जय किरात जय आदिवासी जनजाती

  6. जो चोर उसकै ठुलो स्वर ?
    सबै भन्दा पहिला आफु गोर्खाली वा भाडाको सिपाही (पैसा तिरेर लगी बिदेशी भुमीमा लडाउन तयार राखिएको मुर्ख नेपालीहरु) बनेर होइन नेपाली बनेर देखाउ न भाई अनि यस्तो आदर्शबादी गफ दिन सुहाउछ । आफै गोराहरुको गेडा मोल्दै बस्छौ अनि फेसबुकमा चाही ठुला कुरा गर्छौ ?

  7. Kiwahang दाईको बिचार र सल्लाह मनन् योग्य छ। समस्याहरु देखि भागेर समस्याको समाधान हुदैन तर सामना गरेर मात्र जितिन्छ। नेपालको एकात्समकबादी त्ताधारीसंग पनि यहि नियम लागु हुन्छ। जसको लागी आम आदिबासी, न्याय प्रेमी र देश प्रेमी एक हुनको बिकल्प छैन।

  8. Nepal ma vayeko property pani lagera gora laai bujhauxan kuro bujhne laai ho na bujhne laai UK ko laure laai gora le mind nai wash garer rakhdo rahe xa.

  9. साईलालाई खाडि मुलुकमा १ बषॅ जोताउनु पछॅ अनि थाहा पाउथेउ युके बसाईको सभिमानता। नेपोलीएन बोनापटॅको कुरा त धेरै टाढाको कुरा हुनजाला, हाल युके कै: पृती पटेल, सजीत जाभिद, साजीत खानॅ र हाल युकेको अथॅतनंत् चलाउने एकदमै ठुलो जिमेवारी काम गरिरहेको रिसी सुनाकलाई पनि हेरेर केही सिकने होकी ।

  10. लेखकले आफ्नै घुडामा वन्चरो हानेकाखन्। पढे लेखेका वेलायतिले गोर्खाको वारेमा बुझेकाछन र यस्तो अनावश्यक दु:ख दिदैनन्। केही मात्रमा होलान बुद्धी बिग्रेका र घर न वारको मान्छेले गोर्खाको वारेमा बुझेका पनि हुन्नन् हो त्यही मान्छेले दु:ख दिने काम गर्छ। नेपालमा पनि त नेताहरुको गति देखेकै हो क्यारे कुलमानलाई जस्तै कैयौँ राम्रा मान्छेहरुलाई कति दु:ख दिईरहेकाछन। lockdown को समयमा सरकारको बेतिथी झलझली देखिरहेकाछौ त। यहाँ जतिपनि मान्छे हरुले गोर्खाहरुलाई गाली गरीरहेकाछौ नि, सक्छौ भने प्रतिस्पर्धामा गएर नाम रिकालेर देखाव। नाम निकाले पछी म गोर्खा हुन चाहन्न भन्न पाऊनेछौ।
    गोर्खाहरुले देशको लागि धेरै सहयोग गरेकाछन चाहे त्यो आपतविपतमा होस वा विकासको कुरामा होस सवै ठाऊँमा गोर्खाहरुको पनि ठुलो हात छ। उनिहरुका छोराछोरी र आफन्तहरु जो डक्टर र नर्स छन भुकम्प पस्चात नेपालमा स्वास्थ्य सेवामा सहयोग गरे, गोर्खा ईन्जीनियरहरुले नेपाल फर्केर कति महिनासम्म सहयोग गरे, सन्तोस राई जस्ता धावक जन्माए जस्ले नेपालको नाम Worl Major Marathon मा एशिया कै रेकर्ड राखेका छन। ७ महिनामा १४ वटा सँसारकै उच्च हिमालय आरोह गरेर विश्व रेकर्ड राख्ने निम पुर्जालाई जन्माए।
    बेलायतले हेप्यो भनेर भन्नु सुहाऊँदैन एउटा दुईटा सानो तिनो घटनाको आधारमा। यदी हेपेको भन्ने हो भने, नेपालमा अझै पनि छ रुडीबादीमै मस्त सुतेर छुवाछुत कायमै राख्ने, अन्तर जातिय बिवाहलाई मान्यता नदिने र बोक्सीको आरोपका घटनाहरु भई गहने, अव यसलाई चाहीँ के भन्ने। खोई त हाम्रा आखा ? हामि भित्रका कुरीती बुझ पचाऊने मन के का लागि? अरुको प्रगतिमा आहारीस गर्ने र सानो तिनो घट्नमा तुर्तुरी मुत्नेले कलम नचलाए कै वेश। गरी खान्छु भन्नेलाई गरी खान देऊ आखिरमा यु के को प्रसासनले यो घटनाको न्याय दिन काम गरी रहेकै छ क्या रे।

  11. हासो लाग्छ मलाइ यो कुराले चोक्टा खान गएकी बुडी झोलमा डुबेर मरी भनेको जस्तो हो यो घटनाहरु ! जीवनकालमा बनाएको मान सम्मान लाइ पन्छाएर नेपालमा भएको सिरी सम्पती बेचेर त्यहा गएर पुनः शरणार्थी जिवन र त्यहाको दिनानुदिन असम्मानित र अपहेलित भएर बाच्नुको के अर्थ आफ्नो आमाको कोख जति न्यानो र माया संसारको कुनै कुनामा खोजेर पाइदैन , सुख र सम्पत्ति को दौडमा आफ्नो भुगोललाइ बिर्सिनु हुदैन भन्ने पाठ हालको यो कोरोनाको महामारी ले सिकाउदै छ ।अब सोच्ने समय आएको छ तपाइहरुलाइ स्वदेश फर्केर स्वदेश मा लगानि गर्नेकि त्यहीँ शोषित भएर बाच्ने रोजाइ तपाईंको ।

  12. Mulghare kanxa g adarshaka kurale desh samaj paribartan hune vaya hamro desh world ko sampanna ra power full country hune thiyo ani yadi hajur mahashayako mati palayako ho vane janmida ko samaya ra mardako samaya kin rojnuhunxa garera dekhaunu ani matra afno matribhumi prati ko mayako artha rahala!!! Natra yasto pakhandi lekha nalekhekai ramro jasto lagxa !!!

  13. अन्त अर्काको देशमा भाडाको सिपाहि भएर किन बसेको फर्कि हाल्दा भैगो नि। फेरि हेप्यो भनेर के को रोइलो? ??

  14. Kati badeta hola Kati saukha hola Kati rahar pani hola afnu afnu bislesan, distikon hola Nepal ma pani yo abasta xa Pahad bata tarai basai jane lai sodnu, Ktm 4 aja Ko ghaderi kinera ghar banauni lai tyaha ka jamindar (kathe) le k vanxan tyo sunnu afmai des vitra ka tarai basi haru lai gau ghar ma dhoti ra k k vannu yo Sabai xa.
    Auta ukhan xa ni barma gaye pani karma sangai vaneko milxa hau Daju Bhai ho

  15. बाबू फर्के भो त के को रोइलो।अरुलाइ यहि जीवन प्यारो छ किन भड्काउनु?

  16. त्यसैले नेपाल तिब्र बिकास गरेर समृध्द हुन ज़रूरी छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here