फाइल फाेटाे

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले विदेशमा रहेका नेपालीहरुलाई चाँडै नेपाल ल्याउन सरकारसँग माग गरेका छन् ।

पूर्व उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादवले भारत, मलेसिया, कतार, कोरिया, दुबई, साउदीअरब लगायत मुलुकमा रहेका नेपालीहरु आफ्नाे मातृभूमि आउन चाहेकाले उनीहरुलाई चाँडै नेपालमा ल्याउने काम गर्न सरकारसँग माग गरेका हुन् ।

अध्यक्ष यादवले विदेशी भूमिमा रहेका नेपालीहरु नेपाल आउन चाहिरहेको भए पनि सरकारले बेवास्ता गरिरहेको आरोप लगाए ।

विदेशमा रहेका नेपालीहरुप्रति सरकारले चासो नदिनु दुखद र सरकारको गैरजिम्मेवार काम रहेको यादवको भनाइ छ ।

उनले आफ्नाे ट्वीटर एकाउन्टबाट भनेका छन्, ‘विदेशमा रहेका नेपालीहरु अहिले भारत, मलेसिया, कतार, कोरिया, दुबई, साउदीअरब लगायत मुलुकहरुमा बिचठ्ठीमा परी आफ्नै मातृभूमिमा आउन चाहेका छन् तर सरकारले कुनै चासो नलिई बेवास्ता गरिरहेको छ । जुन दुखद र गैरजिम्मेवार काम पनि हो । नेपाल सरकारले उनीहरु आफ्नै मुलुकमा ल्याउने काम चाँडै गरोस् ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here