काठमाडौं । नेपाली संगीतको क्षेत्रमा भिन्दै पहिचानका साथ नेपोलो ग्रुपको उदय भएको छ । नेपोलो ग्रुपको पहिलो गीत ‘गोरखपुरे छावनीमा’ बिहीबार सार्वजनिक गरिएको छ ।

पप तथा लोक संगीतको फ्युजनजन गरी बनाइएको यो गीत निकै कर्णप्रिय छ ।

यो गीत तान्त्रिक विद्या प्राप्त गरेका ‘लामा बाजे’ नामबाट चिनिएका स्व. भक्तबहादुर थापा मगरले रचना गरेका हुन् ।

दृष्टिविहीन समेत रहेका लामा बाजेका शब्दहरु संकलन गरी नेपोलो ग्रुपले बाजेको सम्झना र सम्मानमा गोरखपुरे छावनी बोलको गीत निर्माण गरेको हो ।

वि.सं १९७९ सालमा बाग्लुङको रायाडाँडामा जन्मेका भक्तबहादुर थापा मगरको ९३ वर्षको उमेरमा निधन भएको थियो ।

गाउँमा कसैलाई दुखविमार भएमा दिनरात नभनी उनी लौरोको सहाराले हिडेर गएर झारफुक गर्थे । र, विरामीलाई निको पनि पार्थे ।

यो गीत नेपोलो ग्रुपका निरज थापा मगरले गाएका छन् । नेपोलो ग्रुपमा निरज थापा मगर, दीप धामी र सुमन तामाङ छन् ।

विजय थापाले एरेन्ज र मिक्सिङ गरेको यो गीत नेपोलो ग्रुपको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here