गजल 

एउटा लडाईं जारी नै थ्याे बेरोजगारी सँग
अर्को लडाईं थपियो फेरि महामारी सँग ।

पसल फरक मान्छे फरक भाउ फरक फरक
मौका छोप्न सिकुन् कोही यी व्यापारी सँग ।

खाटदेखि घाटसम्मै चलेका छन् मिलेमतो
देशकै बागडोर गएदेखि भ्रष्टाचारी सँग ।

सोची हेरौ कस्तो इन्साफ आउला त्यहाँबाट
जब बिक्छन् न्यायलय बलात्कारी सँग ।

कृषि क्रान्ति गर्छु भन्दै चिच्याउदै छ उही
जसको चिनजान सम्म छैन खेतबारी सँग ।

–वीरेन्द्र राई
रौतामाई गाउँपालिका–५ उदयपुर
हालः सुर्यविनायक–४ भक्तपुर ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here