काठमाडौं । कलाकार भन्दा पनि कार्यक्रम सञ्चालिकाको रुपमा चिनिएकी रिमा विश्वकर्मा यतिबेला सामाजिक सञ्जालमा चर्चामा छिन् ।

आफ्नाे एउटा अभिव्यक्तिका कारण उनी चर्चामा आएकी हुन् । तर, चर्चा सकारात्मक भन्दा नकारात्मक खालको छ ।

लकडाउनले घरमै थुनिएको बेला केही दिनअघि रिमा फेसबुक लाइभमा आइन् । जहाँ उनले आफ्नाे फ्यानहरुको जवाफ दिइरहेकी थिइन् ।

सो क्रममा एकजना फ्यानले उनलाई प्रश्न गरे– ‘क्वारेन्टाइनमा घरमा बस्दा के पकाउन सिक्नुभो ?’

रिमाले कालो चिया पकाउन सिकेको उत्तर दिइन् । तर, उत्तरले रिमा आफै समस्यामा परिन् । रिमाको यो भनाइलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ ।

एक पटक बिहे गरेर बुहारीको भूमिका निभाइवरी फेरि डिभोर्स समेत गरिसकेकी रिमाले कालो चिया बनाउन सिकेको भन्दै फेसबुक लाइभमा बोल्दा आम नेपाली महिलाहरुका लागि त्यो आश्चर्यको विषय बन्यो ।

रिमाले अहिलेसम्म साच्चै नै कालो चिया पनि बनाउन नजानेको हो कि ? या त आफूलाई उच्च घरानीय राजश्री खानदानको युवतीको रुपमा प्रस्तुत गर्न त्यसरी उत्तर दिएकी हुन् ? विषय साच्चै हांस्यास्पद छ ।

राजपरिवार, उच्च खानदान वा ठूला उद्योगपतिकी छोरीहरु समेत सायद अचेल खालखालका खानेकुराका डिस बनाउन जानेका हुन सक्छन् ।

किनभने, अहिले यस्तो जमाना छ कि यतिबेला विश्वभरकै मानिसहरु नयाँनयाँ खानाको टिप्स र शैली बनाएर खाने शाैखिन भइरहेका छन् ।

एकेडेमिक तहमा पनि हाेटल म्यानेजमेन्ट (खाना सम्बन्धी) एउटा महत्वपूर्ण विधा बनिसकेको छ ।

तर, रिमाले लकडाउनकाे माैकामा चिया बनाउन सिके भनिरहँदा त्याे साच्चै कमेडी जस्ताे पनि लाग्न सक्छ ।

नेपाल आइडल र कमेडी च्याम्पियनमा उद्घोषिका भएपछि अभिनेत्री भन्दा कार्यक्रम सञ्चालिकाकाे रूपमा चिनिएकी रिमाले आफ्नाे भनाइलाई धेरै नउचाल्न आग्रह समेत गरेकी छन् ।

फेसबुक लाइभमा निकै स्मार्ट बनेकी रिमाले स्टाटस नै लेखेर आफ्नाे कुरा प्रष्ट पारेकी छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here