तस्बिरमा क्रमशः महात्मा गान्धी, नेल्सन मण्डेला र लुथर किङ

‘विभेद’ विरोधी रहेछ कोरोना,
लुथर किङ पो रहेछ कोरोना,

महात्मा गान्धीको भाषा बोल्दैछ कोरोना,
नेल्सन मन्डेला बन्दैछ कोरोना,

जीवित अंश भाइरस कोरोना,
‘विभेद’ विरोधी रहेछ कोरोना,

गोरे काले चिन्दैन कोरोनाले,
चुच्चे थेप्चे चिन्दैन कोरोनाले,

व्यवहारमा विभेद गर्दैन कोरोनाले,
समानताको सन्देश दिन्छ कोरोनाले,

भूगोल, मिमाना बुझ्दैन कोरोनाले,
जातपात, धर्म विभेद मान्दैन कोरोनाले ।

उसलाई त मानव कोशिका भए पुग्छ,
उसलाई त एउटा घर भए पुग्छ,

सन्तान आफ्नो हुर्काउन पाए पुग्छ,
जीवन चक्र चलाउन पाए पुग्छ,

आफ्नो अस्तित्व देखाउन पाए पुग्छ,
संसारमा बाँची रहन पाए पुग्छ ।

समानताको संवाहक रहेछ कोरोना,
‘विभेद’ विरोधी रहेछ कोरोना ।

–डा. केके राई

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here