अभिनेता राईले यो तस्बिर आफ्नाे साथी विक्रम केसीसित भनी उल्लेख गरेका छन् ।

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा भिन्दै मौलिक प्रस्तुति वा कथावस्तुसहित उदाएका चर्चित अभिनेता हुन् दयाहाङ राई । भोजपुरका दयाहाङ राईको उदयसँगै नेपाली चलचित्रमा फरक धार पैदा भएको छ । नायक राजेश हमालको भन्दा कम छैन उनका फ्यान ।

कोरोनाभाइरसले लकडाउन हुँदा अभिनेता दयाहाङ कहिले फेसबुक लाइभमा आइरहेका छन् कहिले आफ्नाे पुरानो तस्बिर पोस्ट गर्दै ती दिन सम्झदैछन् । हालै उनले दुईवटा पुरानो तस्बिर आफ्नाे फेसबुक पेजमा राखेका छन् ।

अभिनेता राईका अनुसार यो तस्बिर भारत रंग महोत्सवको लागि दिल्ली जाँदा लिइएको हो ।

लकडाउनका बेला दिनभरि घरमा बस्नुपरेपछि धेरैले आफ्नाे पुरानो तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । अभिनेता राईले पनि यस्तो एउटा तस्बिर राखेका छन् कि जुन उनी नै हुन् त ? भनेर धेरै बेर घोत्लिनुपर्ने खालको छ ।

हामीले यो तस्बिर उनको फेसबुक पेजबाट डाउनलोड गरी यहाँ राखेका छौ ।

Gepostet von Dayahang Rai am Freitag, 3. April 2020

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here