मन्त्रीपरिषद् बैठकमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । सरकारले लकडाउनको अवधि आगामी वैशाख ३ गतेसम्म थप गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । सरकारले दोस्रो पटक लकडाउनको अवधि थपेको हो ।

मन्त्रीपरिषद्को बैठक

कोरोनाभाइरस रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो चरणमा लकडाउन घोषणा गरिएको थियो । गत चैत १६ गते लकडाउन चैत २५ गतेसम्म थप्ने निर्णय गरेको थियो ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९ पुगेपछि तथा विदेशबाट आएका बाहेक यही रहेका व्यक्तिलाई समेत उक्त भाइरस सरेको प्रमाणित भएपछि नेपाल कोरोनाभाइरसको प्रभावको हिसाबले दोस्रो चरणमा पुगेको सरकारले बताएको थियो ।

सो पछि लकडाउनको अवधि स्वतः लम्बिने वा लम्बाउनुपर्ने गरी सोमबार निर्णय गरिएको हो ।

कोरोनाभाइरस दोस्रो चरणमा प्रवेश गरेपछि सरकारले लकडाउन कार्यान्वयनमा थप कडा बनाउने निर्णय गरिसकेको छ । हाल एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न कडा रुपमा रोक लगाइएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here