माेरङ । राष्ट्रिय युवा संघ नेपाल, मोरङ जिल्ला कमिटिले पथरीशनिश्चरे नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ ।

संघले स्वास्थ्यकर्मीको लागि पर्सनल प्राेटेक्टिभ इक्युपमेन्ट (पीपीई) चार थान र सन ग्लास उपलब्ध गराएकाे हाे ।

साेमबार संघका केन्द्रीय सदस्य विजय डाँगी, माेरङ जिल्ला कमिटि सदस्य मणि लिम्बू, पथरीशनिश्चरे नगर सदस्य सञ्जिव गिरी, वडा नं १० सदस्य अनोज घिमिरेकाे उपस्थितिमा नगर प्रमुख दिलिपकुमार राईलाई हस्तान्तरण गरिएकाे हाे ।

संघको मोरङ जिल्ला कमिटिले जिल्लामा रहेकाे १७ वटै स्थानीय तहमा पीपीई वितरण गरेकाे जिल्ला अध्यक्ष नवीन पौडेलले बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here