अर्जुन जम्नेली राई

मोरङ । कोरानाभाइरस नियन्त्रणकाे नाममा नगरपालिकाकाे खाताबाट १० लाख रूपैयाँ निकालेर गोजीमा बोक्ने पथरीशनिश्चरे नगरपालिकाकाे स्वास्थ्यका कर्मचारी मुरारी आचार्यलाई उक्त रकम तुरुन्त फिर्ता गर्न निर्देशन दिइएकाे छ ।

आचार्यले नगरप्रमुख दिलिपकुमार राईको तोक आदेश लिएर १० लाख रूपैयाँ निकासा गरी गोजीमा बोकेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियाे ।

कोरोनाभाइरस नियन्त्रणको नाममा कार्यपालिकाका काेही पनि सदस्यहरुलाई जानकारी नै नदिई नगरपालिकाकाे कोषबाट १० लाख रूपैयाँ निकालेर आचार्यले सार्वजनिक खरिद ऐन विपरीत मनाेमानी ढंगले सामान किन्ने प्रयास गरेका थिए ।

सो विषय सार्वजनिक भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले आचार्यलाई आइतबार आफ्नै कार्यालयमा बोलाएर उक्त रकम तत्काल नगरपालिकाकै खातामा फिर्ता गर्न निर्देशन दिएका हुन् ।

धमलाको निर्देशनपछि आचार्यले सो रकमबाट खरिद भएको बिल भर्पाई पेश गरेर बाँकी रकम फिर्ता गर्ने निवेदन नगरपालिकामा पेस गरेका छन् ।

आचार्यले नगरपालिकाकाे खाताबाट १० लाख रूपैयाँ निकालेकाे जानकारी नै नदिइएकाे कार्यपालिका सदस्यहरुकाे गुनासाे थियाे ।

कोरोनाभाइरस र लकडाउनले मानिसको ध्यान केन्द्रित भएकाे बेला आचार्यको गलत योजनामा लागेर नगर प्रमुख दिलिपकुमार राई समेत सामान किन्न उनकाे पछिपछि लागेका थिए ।

नगरपालिकाकाे रकमबाट सरकारी नियम विपरीत व्यक्तिगत सपिङझैं गरी आचार्यले समान खरिद गरेको सार्वजनिक भएकाे थियाे ।

भ्रष्ट मनसायले १० लाख रकम निकालेर कर्मचारीसँग राखिएको विषयमा निरन्तर समाचार प्रकाशन भएपछि प्रशासकीय अधिकृत अम्बिकाप्रशाद धमला सो रकम नगरपालिकाकाे खातामा फिर्ता गर्न निर्देशन दिन बाध्य भएका हुन् ।

धमलाको निर्देशनपछि आचार्यले सो रकमबाट खरिद भएको बिल भर्पाई पेश गरेर बाँकी रकम फिर्ता गर्ने निवेदन नगरपालिकामा पेस गरेका छन् ।

खरिद गरेको भनिएको १० वटा बेड, १५ वटा स्थानीय पीपीई, तन्ना, सिरानीको बजार मूल्य बुझ्ने र त्यो कार्यपालिकाले निर्णय गरेपछि मात्र लेखाले बुझ्ने नगरपालिकाका लेखा प्रमुख शान्तबहादुर थापाले बताए । आचार्यले बिल बुझाउँदैमा मूल्य अध्ययन नगरी पास नहुने लेखा शाखाले जनाएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here