देवानन्द ठाकुर

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ का संघीय सांसद अभिषेक प्रताप साहले आइतबार तीन स्थानीय तहलाई २०-२०  क्विन्टल गरी ६० क्विन्टल चामल हस्तान्तरण गरेका छन् ।

सांसद साहका स्वकीय सचिव सन्तोष कुमार यादव सहितको टोलीले उक्त राहत हस्तान्तरण गरेको हो ।

साहले आफ्नो निर्वाचन क्षेत्रमा ७० क्विन्टल चामल राहत दिने घोषण गरेका थिए ।

आज कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा २०-२० क्विन्टल गरी कूल ६० क्विन्टल  चामल व्यक्तिगत तहबाट साहले उपलब्ध गराएका हुन् । उनले भाेलि महाराजगंज नगरपालिकामा १० क्विन्टल पुर्याउनेछन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here