देवानन्द ठाकुर

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप साहले आफ्नाे क्षेत्रका सबै स्थानीय तहलाई राहत स्वरुप २० क्विन्टलको दरले चामल उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोरोनाभाइरसका कारण मुलुक लकडाउन हुँदा मजदुर र विपन्न परिवार समस्यामा परेको भन्दै उनले त्यस्ता व्यक्तिहरुका लागि राहत दिने गरी स्थानीय तहहरुलाई चामल दिने घोषणा गरेका हुन् ।

सांसद साहको क्षेत्रमा चार वटा स्थानीय तह छन् ।

साहले कृष्णनगर नगरपालकिालाई २०, शिवराज नगरपालिकालाई ३०, विजयनगर गाउँपालिकालाई २० र महाराजगञ्ज नगरपालिकाको वडा नं ३ लाई १० गरी कूल ७० क्विन्टल चालम दिनेछन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here