माेरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ बाट साता दिनदेखि बेपत्ता भएका ७३ वर्षीय हर्कसिंह जबेगु लिम्बू अनलाइन मिडियामा आएको समाचारको कारण फेला परेका छन् ।

उनलाई आज करिब १२ बजे मोरङकै बेलबारी नगरपालिका-५, कसेनीमा फेला परेको खोजीमा संलग्न मदन राईले बताए ।उनी कसेनी स्वास्थ्य चौकी नजिकबाट फेला परेका हुन् ।

भारतको दार्जेलिङबाट आफ्नो १०४ बर्षिय बाबु भेट्न आएका लिम्बू सात दिनदेखि हराएका थिए ।

आफन्त र छिमेकी गाउँहरुमा खोज्दा नभेटेपछि परिवारले हिजो अपरान्ह पत्रकार बोलाएर सहयोग मागेका थिए । समाचार प्रकाशन भएको करिब १८ घण्टाको वीचमा लिम्बू फेला परेको हो ।

समाचार प्रकाशनपछि सुन्दर हरैचा नगरको बिराटचोकका दिनेश खतिवडाले लिम्बू दुई दिनअघि त्यहाँ आएको फोटो आफ्नो फोन नम्बरसहित फेसबुकमा सार्बजनिक गरेका थिए ।

सोही आधारमा खोज्न जाँदा वृद्ध फेला परेका हुन् । वृद्धकी पत्नी हर्कमाया लिम्बूसँगै नेपाल आएकी थिइन् ।

हर्कसिंह जबेगु हराएको ७ दिनसम्म नभेटिदा १०४ वर्षीय बाबु, छोरी मनु र बुहारी प्रिया लिम्बू लगायतको परिवार चिन्तामा थिए । दार्जिलिङ सुम्बुकबाट चैत २ गते नेपाल आएका लिम्बू १७ गते साँझ ५ बजेदेखि हराएका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here