घाेडाघाेडी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका-५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

परिवारका आठ सदस्यको थ्रोट स्वाब संकलन गरिएकाेमा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट गत चैत ७ गते नेपाल आएका थिए ।

दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ जना नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए । रासस

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here