माेरङ । भारतको दार्जेलिङबाट आफ्नो बाबु भेट्न आएका एक बृद्ध मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट ६ दिनदेखि हराइरहेका छन् ।

हराउने ७३ वर्षीयहर्कसिंह जबेगु लिम्बू हुन् । उनी पत्नी हर्कमाया लिम्बूसहित पथरीशनिश्चरे नगरपालिका-३ सिर्जना टोलमा बस्ने १०४ वर्षीय बाबु मेघध्वज जबेगुलाई भेट्न आएका थिए ।

दार्जिलिङ सुम्बुकबाट गत चैत २ गते नेपाल आएका लिम्बू गत चैत १७ गते साँझ ५ बजेदेखि हराएको बुहारी प्रिया लिम्बूले बताइन् ।

दोकानमा समान किन्छु भनेर गएको हर्कसिंह अबेरसम्म घर नआएपछि सोही समयदेखि उनकाे खोजी भइरहेको बुहारी प्रियाले बताइन् ।

आफन्त, छरछिमेक र गाउँहरुमा खोजी गर्दा फेला नपरेको हर्कसिंहकी पत्नी हर्कमाया लिम्बूले बताइन् । उनी दार्जिलिङमा पनि कहिलेकाहीँ घर छाड्ने गरे पनि आफै फिर्ने गरेको पत्नी लिम्बूले सुनाइन् ।

कोरोनाभाइरस नियन्त्रणको लागि भएको लकडाउनको कारण सवारीसाधन प्रयोग गर्न नपाइएको र घरबाट मानिस ननिस्किने भएकोले पनि भेटाउन समस्या भएको स्थानीय मदन राईले बताए ।

उच्चाई अन्दाजी ५ फिट ४ इन्च भएको लिम्बूले एडिड्यासको कालो ट्र्याक, खरानी रंगको टि-सट, खैरो क्याप (नाबुराम) र म्याजिक हाप जुत्ता लगाएर हिडेका छन् ।

भेटेर बुझाउने जो कोहीलाई पनि एक लाख नगद पुरस्कार प्रदान गर्ने लिम्बूकी छोरी मिनु लिम्बूले बताइन् ।

आफूलाई भेट्न आएको छोराे हराएपछि १०४ वर्षीय बाबु दिनहुँ रोइरहेका छन् ।

भेट्नु हुने महानुभावहरुले हर्कसिंहकी बुहारी प्रिया लिम्बूको ९८१०४०७८१४ नम्बरमा सम्पर्क गरी जानकारी दिन परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here