विश्वव्यापी कोरोना महामारीको सन्दर्भमा आवश्यक स्वास्थ्य सामग्री खरिद प्रकृयामा केही भ्रष्ट्रचारको समाचारहरु बाहिर आएको छ । यसको प्राविधिक तथा राजनीतिक पक्षबारे केही विश्लेषण गर्नका लागि हामीले टेलिफोनमार्फत डा. के.के. राईसँग केही प्रश्न गरेका छौं ।

हाल विश्वभरि कोरोना महामारीले तहल्का मच्चाइरहेको छ । प्राविधिक हिसाबले हेर्दा कोरोना महामारीको तयारीको निम्ति नेपालमा पनि पीपीई र टेष्ट किटहरु नभई नहुने कुराहरु हुन् ? यसबारे के भन्नुहुन्छ ?

पीपीईको अर्थ पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्टस् भनेको हो । यो स्वास्थ्यकमीहरुको निम्ति महामारीको बेला ‘सुरक्षा कवज’ हो । खासगरि संक्रमितहरुको उपचार गर्दा सिधा सम्पर्कबाट वा श्वासप्रश्वासबाट द्रुतगतिमा कोरोनाभाइरस संक्रमण सर्ने वा फैलने सम्भावनालाई न्युन गर्ने उदेश्यले यस्तो संक्रमणबाट बच्नको निम्ति मेडिकल सेवा प्रदायकहरुले गाउन, मास्क, पञ्जा, गगल्स् आदि लगाएर मात्र सेवा प्रदान गर्ने विश्वव्यापी वैज्ञानिक प्रचलन र हालै विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रहरुलाई दिएको निर्देशन पनि हो ।

महामारीको बेला, स्वास्थ्यकर्मीहरुबाट परिवार र साथी समूह हुँदै पुरै समाजमा भाइरस संक्रमण रोक्ने उदेश्यले गुणस्तरीय पीपीईको प्रयोगलाई अनिवार्य गरिएको छ । त्यस्तै टेष्ट किटहरु पनि महामारी गर्ने कोरोनाभाइरस रोग पहिचानको निम्ति नभई नहुने कुरा भएकोले यस्ता अति आवश्यक सामग्रीहरुको समयमै व्यवस्था हुनु पर्दथ्यो । त्यस्को समयमै व्यवस्था नहुनु भनेको चरम् लापरवाही नै हो ।

हाल विश्वव्यापी रुपमा सबैको ध्यान तानेको यो कोरोना महामारीको तयारीको निम्ति नेपालमा आवश्यक पर्ने पीपीई, टेष्ट किटहरु लगायत स्वास्थ्य सामग्री खरिद प्रकृयामा भ्रष्ट्रचार भएको भन्ने समाचारहरु आएको छ । के ती समाचारहरुमा सत्यता छ ?

‘हावा नचली पात हल्लिदैन’ भन्ने नेपाली उखान छ । केही बुझ्नको निम्ति, सबभन्दा पहिला भ्रष्ट्रचारमा लाग्ने मानसिकता र भ्रष्ट्रचारमा संलग्न हुनेहरुको पृष्ठभूमि र इतिहास पनि हेर्नु पर्दछ ।

नेपाली पुरोहितहरु आजभन्दा लगभग चार–पाँच सय वर्ष अगाडि भारतका मुगल बादशाहहरुको सैन्य शक्ति प्रभाव, दमन र आक्रमणका कारण लखेटिएर नेपाली भूभाग, हिमाल खण्ड, पहाडी क्षेत्र प्रवेश गरी यहाँका तत्कालिन साना तिना राजाहरुको शरणमा आई बस्न थालेका थिए ।

आर्थिक, सामाजिक रुपमा कष्ट भोगिरहेका ती विपन्न नवआगन्तुक पुरोहितहरु हिन्दु धर्मका अनुयायी भएकोले त्यसताकाका प्रकृति पुजा गर्ने परम्परागत संस्कृति धर्म, मोस्ट पुजा गर्दै आएका आदिवासी क्षेत्री, मगर, किरात तथा अन्य जनजाति राजाहरुलाई पनि विस्तारै हिन्दु धर्मशास्त्रतर्फ आकर्षित गर्दै हिन्दुकरण गरेका थिए ।

यही क्रम चल्दै जाँदा गुरु पुरोहितहरुकै सल्लाहमा पृथ्वीनारायण शाहले गोर्खा राज्यको एकिकरण गर्दै जाँदा, राज्य विस्तार अभियानलाई पश्चिमदेखि सुदूरपूर्वसम्म पुर्याए । त्यसबेलादेखि एकल जातीय हिन्दुकरण कालको सुरुवात भयो ।
सत्ता र दरबारको नजिक रहेता पनि विविध कारणले नेपालमा उनीहरुको आर्थिक सम्पन्नताको लालसा लामो कालखण्डसम्म पुरा हुन सकेको थिएन भन्ने प्रमाणित उनीहरु आफैले गर्न थालेका छन् । अहिले सत्ता हातमा आएपछि त्यो लालसा प्रकट भइरहेको देखिएको छ । अहिले छरपस्ट भएर आएका भ्रष्टचारका काण्डैकाण्डहरुले यही प्रमाणित गरिरहेको छ ।

पुरानो मानसिकता बोकेका अधिकांश पुरेतहरुको डिएनएमा ‘परिश्रम बिना आउने धनको लोभ’ रहेछ भन्ने कुरा आफैले प्रमाणित गरिरहेछन् ।

त्यसो भए भ्रष्ट्रचार पनि केन्द्रिकृत शासन पद्धतिको नतिजा हो भन्न सकिन्छ त ?

धेरै हँदसम्म यसलाई सही हो भन्न सकिन्छ । किनभने केन्द्रिकृत शासन पद्धतिमा पारदर्शिता हुँदैन । स्थानीय स्वशासन, संघीय शासनमा स्थानीय चिरपरिचित निर्वाचित व्यक्तिहरु संलग्न हुने भएकोले पारिदर्शिताको आशा गर्न सकिन्छ ।

देशमा केन्द्रिकृत शासन पद्धतिसँगै व्यापक हिन्दुकरणको प्रत्यक्ष परोक्ष रुपमा कस्तो आर्थिक, राजनीतिक तथा सामाजिक प्रभाव रह्यो ?

गोर्खा राज्यको अतिक्रमणपछि आदिवासीहरुको संस्कार, संस्कृति, भाषा, धर्मलाई सैनिक बलको आडमा गैरकानुनी बनाउँदै खण्डित गरियो । एउटा भाषा विकास हुनको निम्ति कम्तिमा ३ हजार वर्ष लाग्ने कुरा समाजशास्त्री विज्ञहरुले भन्ने गरेका छन् । एउटा भाषा लोप हुँदा त्यो सँगै आदिवासी ज्ञान, सीप (इन्डीजिनस नलेज), दर्शन, धर्म, संस्कार, संस्कृति, इतिहास समेत लोप हुने कुरा प्रष्ट छ ।

१८औं र १९औं शताब्दीतिर नेपालमा आम नेपाली जनता, आफ्नो घरपरिवार र समाजमा आपसी दया, माया र शान्तिको साथ मिलेर बस्दथे, बाँडेर खान्थे भन्ने कुरा इतिहासले देखाउँछ ।

लगभग २५० वर्षयता आदिवासीहरु केन्द्रिय राज्यकोष, केन्द्रिय स्रोतसाधनबाट टाढा हुँदै गए । अभाव, गरिबी र अपमान, रोग र भोक सहदै त्यसबेलादेखि अहिलेसम्म तिरस्कृत हुँदै विदेशिन बाध्य भए । अहिले पनि विदेशबाट फर्कने क्रममा एयरपोर्ट भन्सारमा आदिवासी अनुहारहरुले अपमान वयहोर्नु परेको धेरै उदाहरण सुनिन्छन् ।

एक भाषा ‘नेपाली भाषा’ र एक धर्म ‘हिन्दु धर्म’ भन्ने नश्लवादी अहंकार र प्रभावको विस्तारित योजनाबाट आएको ‘राष्ट्रियताको नारा’ले कालान्तरमा ‘नेपालीत्व’ नै खण्डित् गरायो । साथसाथै, युवा जनशक्ति विदेश पलायन हुन बाध्य बनायो । जसले गर्दा कालान्तरमा देशलाई नै कंगाल बनायो ।

राजनीतिक नेताहरु राजनीतिक पार्टीहरुको हालसम्मको भूमिका कस्तो पाउनु भयो ?

पञ्चायतकालपछि नेपालमा पुराना राजा, राणाकालिन गुरु पुरोहित विचारधाराका प्रतिनिधिहरु नै कांग्रेस, नेकपाको रुपमा पालैपालो सत्तासीन छन् । आफ्नै जीविकाको निम्ति पनि खनजोत जस्ता शारीरिक परिश्रमका कामहरु गर्न नमिल्ने संस्कार बोकेका पुरोहितहरुलाई ‘दान दक्षिणा’ र ‘कुश व्यपार’ गरेर जीविका चलाउँदासम्म त नेपाली समाजले सम्मान दिएकै थिए । अहिले पनि पेशा व्यवसाय गर्नेहरु, आफ्नै परिश्रममा जीविका चलाउने, स्वाभिमानी परिवारहरु जस्ता अपवादलाई छोडेर पुरानो मानसिकता बोकेका अधिकांश पुरेतहरुको डिएनएमा ‘परिश्रम बिना आउने धनको लोभ’ रहेछ भन्ने कुरा आफैले प्रमाणित गरिरहेछन् । अहिले ३० वर्षयता यस्ता मानिसहरु नै सत्तामा पुगेका छन् ।

अब देशको सम्पूर्ण ढुकुटी चलाउने मौका आफै पाएपछि ब्रह्मलुट र भ्रष्ट्रचार मौलाएको कुरा सत्य हो । केपी ओलीको पालासम्म आइपुग्दा त भ्रष्ट्रचारका अनेकौ काण्डैकाण्डहरु घटेको कुरा सर्बविदितै छ । गोकुल बाँस्कोटा काण्ड, पछिल्लो पटक कोरोना महामारीको बेला भानुभक्त ढकाल काण्डहरु आदिआदि यस्तै लोभ लालचहरुको प्रतिनिधि घटनाहरु हुन् ।

यस्ता ठूलाठूला भ्रष्ट्रचारका काण्डहरुले के संकेत गर्छ भन्ने लाग्छ ?

यस्ता ठूलाठूला भ्रष्ट्रचारको कुसंस्कारले ठूलै आन्दोलन र परिवर्तन निम्त्याइरहेको तर्फ संकेत गर्दछ । किनभने, आम जनता सदियौंदेखि ठूलो मारमा छन् । राणाविरुद्धको सात सालको जनक्रान्ति दश वर्षे माओवादी जनयुद्ध, २०६२/६३ को जनआन्दोलहरुको मुख्य लक्ष्य, जातीय ‘सर्वोच्चता र केन्द्रियता’विरुद्ध लक्षित थियो ।

यी आन्दोलनहरुको अन्तर्यमा समानता, समावेशिता, धर्मनिरपेक्षता र पहिचानसहितको संघीयता थियो । तर, आज आएर पुनः जनचाहनामाथि कुठाराघात गर्न थालिएको छ । कांग्रेस, नेकपा पार्टीभित्रै पनि ‘हिन्दु धर्म र राजा ठीक’ भन्ने स्वरहरु उठाउन लगाइँदैछ । नयाँ पार्टी खासगरी समाजवादी पार्टी बाहेक पुराना पार्टीहरुका नेताहरुले धर्मनिरपेक्षता, समानता, समावेशिता र पहिचानको मुद्दालाई त्यागिसकेको अवस्था छ । संघीयतालाई निकम्मा बनाउने खेल सुरु भइसकेको छ । एकल जातीय सर्वोच्चता र केन्द्रिकृत शासनतर्फ देशलाई फर्काउने कसरतमा नश्लीय शक्तिहरु लागिसकेका छन् ।

पुराना पार्टीहरुलाई पच्छाइरहेका आदिवासी जनजाति कार्यकर्ताहरु ‘सलाम् साव’ भन्ने बाहेक समान हकअधिकार र आफ्नै ‘पहिचान’को निम्ति केही बोल्न नसक्ने अवस्थामा छन् । त्यसैले, यस्तो ठूलो आर्थिक, सामाजिक, राजनीतिक अन्तरद्वन्द्व र खतरनाक दिर्घरोगको उपचारको निम्ति ठूलै र अन्तिम जनआन्दोलनरुपी ‘अपरेशन’ जरुरी छ ।

त्यसो हो भने अबको जनआन्दोलनको नेतृत्व कसले र कुन पार्टीले गर्ला ?

विगतमा छलकपट र जालझेलहरु धेरै भए । अबको अन्तिम जनआन्दोलनमा इमान्दार नेताहरुलाई मात्र जनताले साथ सहयोग दिनेछन् । अहिले पुरानो पार्टीहरु, पुरानो नेताहरुले जनविश्वास गुमाइसकेको अवस्था हो । जनताले विश्वास गरेको पार्टीले मात्र अब अन्तिम जनआन्दोलनको नेतृत्व गर्न सक्नेछ ।

कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक संसदको मागसहित अब धेरै ठूलो आधीबेहरीसहितको अन्तिम जनआन्दोलन हुनेछ । यसले कुन पार्टी, कुन शक्ति कता बिलाउँछ अनि कुन पार्टी, कुन शक्तिलाई सत्तामा पुराउँछ भन्ने कुरा अहिलै अनुमान गर्न सकिन्न । परिवर्तनको समय आइरहेको छ र परिवर्तनको मौसमलाई चिन्न सक्नेले मात्र नेतृत्व दिन सक्छ भन्ने कुरा चाहिँ ठोकुवा गर्न सकिन्छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here