[sharethis-inline-buttons]

काठमाडौं । सामाजिक सञ्जालमा देखिने अनलाइन समाचारको हेडलाइनकै आधारमा धारणा बनाउने, तथ्य नबुझिकन कमेन्ट र सेयर गर्नेहरु धेरै छन् ।

फेसबुकको पेज वा एकाउन्ट वा ट्वीटरमा पोस्ट गरिएको अनौठा सामग्रीहरुलाई पनि हामी कत्ति पनि विचार नगरी सत्यझैं मानेर सेयर गरिरहेका हुन्छौं ।

नेपालमा एक/दुई दिनअघि इटलीका जनताले सडकमै पैसा फाले भन्दै कसैले गरेको पोस्ट खुब सेयर गरियो, भाइरल बनाइयाे ।

फोटोमा सडकभरि नोट थियो । र, लेखिएको थियो, ‘इटलीमा मान्छेहरुले सडकमा आफ्नाे सबै पैसा फाले । स्वास्थ्य नै खतरामा परेको बेपा पैसाको काम छैन भन्ने सन्देश दिन पैसा फालियो ।’

उक्त पोस्ट धेरैले साच्चै ठानेर पत्याए र सेयर कमेन्ट गरे । तर, उक्त चिज गलत थियो । सडकमा पैसा फालिएको सत्य हो । तर, त्यो घटना इटलीको थिएन ।

त्यो त ल्याटिन अमेरिकन देश भेनेजुएलाको घटना थियो । सन् २०१८ को अगस्टमा भेनेजुएलाले खराब अर्थतन्त्रका कारण आफ्नाे करेन्सी (मुद्रा) परिवर्तन गर्ने निर्णय गरेको थियो ।

सो पछि उसले आफ्नाे पुरानो मुद्रा Bolívar Fuerte को सट्टा Bolivar Soberano चलाउने निर्णय गर्यो ।

परिणामस्वरुप मुद्राको कुनै महत्व भएन । त्यसपछि त्यहाँका मानिसहरुले पुरानो नोट सडकमा फालेका थिए । कतिपयले जलाएका थिए ।

उक्त तस्बिर सन् २०१९ को मार्चमा भाइरल भएको थियो । सोही तस्बिरलाई कोरोनाभाइरसले प्रताडित बनेको इटलीसँग जोडेर नेपालमा गलत तरिकाले भाइरल बनाइयो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here