चेक हस्तान्तरण गरिदै

जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।

बैंकका जनकपुरस्थित प्रतिनिधिले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखकाे चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि कोषमा कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायत संघसंस्थाले रकम सहयोग गरिसकेका छन् ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता खाेलेकाे छ । प्रदेश सरकारले सहयाेगका लागि अपिल समेत गरेको छ । कोषको खाता नं १२२०५०३०००००१ रहेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here