जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउन अवधिभर प्रदेशभरिका गरिब तथा दैनिक ज्यालादारी गरी खाने मजदुरहरुको खानाको व्यवस्था गर्ने भएकाे छ ।

मन्त्रीपरिषद्काे आज सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवनरक्षाका लागि सरकारबाट खानाकाे व्यवस्था गर्ने निर्णय गरेकाे हाे ।

यसकाे व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवीहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ ।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सतप्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।

सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठकले समेत बोलाएको थियो ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल, विभिन्न मन्त्रालयका सचिवहरु समेत सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here