सम्माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री
भानुभक्त ढकालज्यू

विगत ३ महिनादेखि चीनको वुहानबाट फैलिएको महामारी कोभिड-१९ अर्थात कोरोनाभाइरसबाट यतिखेर सबै आतंकित भएका छ्न् । पीडामा छट्पटिरहेको छ्न् र विश्व राेइरहेकाे छ । हामी सबैलाई थाहा छ, त्यो आतंकित पीडाबाट नेपाल पनि अछुत रहन सकेको छैन । खुशीको कुरा यो छ कि स्वास्थ तथा जंनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले चैत १४ गते सम्मको रिपोर्ट अनुसार ४ जना संक्रमितमध्ये एक जना उपचारबाट निको भई घर फर्किसकेको र अन्य उपचारार्थ भएको जानकारी भएको छ । कामना गरौं कोरोनाबाट कोही नेपालीकाे मृत्यु नहाेस् ।

मन्त्रीज्यू,
नेपाल सरकारले कोरोनालाई नियन्त्रण गर्न, फैलाउन नदिन, रोकथाम गर्नका लागि घरमा बस्न, घरबाहिर ननिस्कन  लकडाउन गर्‍यो । सरकारले गरेको लकडाउन जनताले पालना गर्नु जनताले आफ्नो जिम्मेवारी ठाने । लक डाउनको उलंघन गरेको खण्डमा मेयर र नेपाल प्रहरीले लठ्ठी चार्जमा पनि जनताले समर्थन नै गरे । तर, आज लकडाउन गरेको पाचौं दिनसम्ममा आइपुग्दा सरकारले गरिब मजदुरहरु जनताको लागि के राहत कार्यक्रम ल्यायाे ? संक्रमित बिरामीहरुको उपचारार्थ डाक्टरहरुको लागि कस्तो बिमा योजना ल्यायाे ? सरकारी अस्पतालको अभावमा अन्य कुनकुन प्राइभेट अस्पताललाई सरकार बनाउन योजना बनाए ? प्रमाणित भएको संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउनको लागि छुट्टै किसिमको एम्बुलेन्स सेवा कति भए ? नेपाली जनतामा बिना तयार गरेको लकडाउनको असर कस्तो परेको छ ? ७ दिनको लागि भनिएको लकडाउन ७ दिनसम्मको लागि मात्र हो कि ? फेरि थप गर्ने ? सरकारको राय के हो ? आज ३ करोडौं नेपाली जनता जान्न चाहन्छन् मन्त्रीज्यू ।

मन्त्रीज्यू,
संचारमाध्यममा कोरोनाको जाँच मापनको लागि ज्वरो नाप्ने थर्मोस्क्यान उपकरणबाट ज्वरोको मापन गर्दा ८८.९ फोरेनहाइट देखिएको भिडियो भाइरल भएको छ । तर। चिकित्सकको भनाइअनुसार न्युनतम मानिसको ज्वरोको मापन गर्दा ९८.७ फोरेनहाइट हुनुपर्ने बताउँछन् । यस्तै विराटनगर र जनकपुरको अस्पतालको चिकित्सकहरु आर्मीहरुलाई बिना हातहतियार लडाईँमा पठाइयो भने आर्मीको हालत कस्तो हुन्छ ? भन्दै पीपीई अर्थात पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट, ग्लोब र मास्कको अभावमा कुनै पनि बिरामीहरुको उपचार गर्न जानु भनेको बिना हातहतियार लडाईँमा जानु जस्तै हो भन्दै आन्दोलित छ्न् र यथाशीघ्र पीपीईको व्यवस्थाकाे लागि संर्घषरत छ्न् । पीपीई भनेको गाउन वा पोशाक मात्र नभएर एउटा उपकरण पनि हो । जुन स्वास्थकर्मीहरुको लागि संवेदनशील चिज भएकोले आविष्कार केन्द्रले बनाउँदै गरेको पीपीई कम गुणस्तरीय हुने भएकोले डाक्टरहरुले प्रयोगका लागि खतरापूर्ण हुने डा. रविन्द्र समिर बताउँछन् । तर, स्वास्थमन्त्री मौन ? सरकार मौन ? आखिर किन मौन ?

मन्त्रीज्यू,
कोरोनाभाइरस नियन्त्रणको लागि सरकारको उच्चस्तरीय समिति गठन भएको करिब १ महिना हुन लाग्दा मात्र १ अर्ब १५ करोडको आवश्यक उपकरण खरिद गर्ने काम हुँदैछ । त्यही पनि नीतिगत भष्टाचारसहित गजब लाग्छ । अझै मलाई त गजब त्यहाँ त्यसबेला लागेको थियो, जत्ती बेला मन्त्रीज्यूले पत्रकार सम्मेलनमा “पीपीई भनेको के हो ? म त नाम पनि जान्दा नि जान्दिन थिए । यो नलगाए भात पकाउन पनि खतरा हुन्छ भन्ने मनोबिज्ञान भएको छ ।” भन्ने अभिव्यक्ति आफैमा लज्जास्पद थियो । स्वास्थ्य जस्तो संवेदनशील विषय र महामारीको रुपमा फैलिएको भाइरसप्रति स्वास्थमन्त्रीको काम र पत्रकारमाथि दिएको अभिव्यक्तिबाट अनुमान गर्न सक्छौं । जिम्मेवारी पद ओगटेर गैरजिम्मेवार अभिव्यक्ति चिकित्सक र जनताको पक्षमा काम नगर्ने हो भने मन्त्रीज्यू बसेको पदको कुनै औचित्य रहँदैन । राजीनामा बाहेक अन्य विकल्प छैन ।

मन्त्रीज्यू
देशमा यतिखेर जनताले यस संवेदनशील घडीमा आवश्यक उपकरणहरु (किट, पीपीई, थर्मो, ग्लोब, मास्क आदि) उपलब्ध गराउन सक्ने, केही महिनाको लागि प्राइभेट अस्पताललाई सरकारीमा रूपान्तर गर्न सक्ने, निमुखा जस्ताहरुको लागि राहत कार्यक्रम ल्याउने, चिकित्सकहरुको सुरक्षाको लागि बिमाको ग्यारेन्टी दिने, राष्ट्रिय नीति बनाई हरेक प्रदेश तथा निकायहरुलाई कामको जिम्मेवारी दिन सक्ने र आफूले पनि गर्न सक्ने स्वास्थमन्त्री खोजिरहेका छन् ।

–अशोक राई
मितिः २०७६।१२।१५

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here