काठमाडाैं । कोरोनाभाइरसको सम्भावित संक्रमितको नमुना लिन नेपालगञ्ज गएकाे विमान विमानस्थलमा दुर्घटनामा परेकाे छ ।

नेपाल एयरलाइन्सको वाइ-१२ विमान अवतरणका क्रममा चिप्लिएर रनवेबाट घाँसे मैदानमा पुगेकाे छ ।

तर, मानवीय क्षति भएन । विमानमा चालक दलका ३ जना र केही स्वास्थ्यकर्मी रहेकाे बताइएकाे छ । सबै सकुशल रहेका छन् ।

विमानमा सामान्य क्षति भएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here