बुटवल । कोरोनाभाइरसविरुद्ध लड्नका लागि तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको कोष स्थापना गरेको छ ।

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८० लाख रुपैयाँ छुट्याइएको थियो । स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा रहेको २० लाख रुपैयाँ पनि सोही कोषमा थपेर १ करोड रुपैयाँको कोष बनाइएको हो ।

उक्त कोषमा नगर प्रमुख बासुदेव घिमिरेले व्यक्तिगत ५० हजार रुपैयाँ जम्मा गरेका छन् । उपप्रमुख जगेश्वरदेवी चौधरीले १० हजार जम्मा गरेकी छन् ।

नगरपालिकामा कार्यरत करिब २०० जना कर्मचारी र ५०० जना शिक्षकहरुले समेत ३ दिनको तलब कोषमा जम्मा गर्नुपर्ने निर्णय गरिएकाे छ ।

नगरपालिकाले वडा नं १ स्थित शंकरनगर दुर्गादत्त माविमा ५० जना क्षमता रहेको क्वारेन्टाइन स्थापना गरेकाे छ । जहाँ अहिले १९ जना बसेका छन् ।

यस हिसाबले उक्त कोषको रकम १ करोड भन्दा माथि पुग्नेछ ।

नगरपालिकाले वडा नं १ स्थित शंकरनगर दुर्गादत्त माविमा ५० जना क्षमता रहेको क्वारेन्टाइन स्थापना गरेकाे छ । जहाँ अहिले १९ जना बसेका छन् ।

नगरपालिकाले लकडाउनका कारण मजदुरी गरेर खानेहरुलाई समस्या भएपछि राहत दिनका लागि पहिलो चरणमा प्रतिपरिवार १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here