काठमाडौं । बिहीबार राति (चैत १३ गते) नेपाली आकाशमा निलो रंगको धुँवाको मुस्लो देखिएको छ । र, अनौठो लाग्ने उक्त चिज हराएपछि चर्को आवाज सुनिएको छ ।

अन्जादी ८ बजेर ९ मिनेटमा आकाशमा उक्त चिज देखिएको हो ।

आकाशमा अनौठो चिज देखिएपछि कतिपयले फोटो खिच्न भ्याए । र, सामाजिक सञ्जालमा राखे ।

बेनी अनलाइनका अनुसार म्याग्दी जिल्लाकाे जलजला गाउँपालिका–८ नांगीबाङका रमेश रेग्मीले करिब २ सेकेन्ड जति निलो धुँवाको मुस्लो देखिएको र एक मिनेटपछि चर्को आवाज सुनेकाे बताए ।

यता, काठमाडौंमा बसाेबास गरिररहेका टंक सेलिङले पनि उक्त तस्बीर फेसबुकमा राख्दै उल्कापात भएको होला भनेका छन् ।

सेलिङले आफूले पनि उक्त वस्तु देखेको दाबी गरेका छन् ।

हाल सामाजिक सञ्जालमा उक्त वस्तुको तस्बिर सेयर गरिदैछ ।

उल्कापात भएको हाेला ! भर्खरैकाे घटना, मैले पनि जीवनमा पहिलोपटक देखेँ, यो सामान्य खगाेलिय घटना हाे- Limbu Misek अादाङ्बा । ( फाेटाे- लिम्बू मिसेक)

Gepostet von Tank Seling am Donnerstag, 26. März 2020

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here