सरकारले देशब्यापी रुपमा कोरोनाभाइरसबाट बच्न हिजोबाट लकडाउन गरेको छ । जसको उल्लंघनमा प्रहरी र उर्लाबारीको मेयरले कुटेको भिडियो यतिखेर सामाजिक संजालमा भाईरल बनेको छ । लठ्ठीले कुट्नु हुने र नहुने बिचको बिषयमा आ-आफ्नो तर्क/बितर्क पनि राखेको देखिन्छ ।

सरकार समयानुकूल क्रूर हुनु सक्नु पर्छ । तर, त्यो क्रूर जनता र राष्ट्रको हितको लागि हुनुपर्छ । भिडियोमा देखिएको प्रहरी र मेयरको क्रुर व्यबहार कसको लागि हो र किन ? यो पनि हामीले बुझनुपर्छ । यो पनि तर्क गरेको देख्छु जो एक छाकको लागि काम गर्ने श्रमिकले बाहिर काम नगरी कसरी पेट पाल्छ सक्छ ? जुन कुरा यथार्थ हो, र म श्रमिककै पक्षमा नै वकालत गर्छु पनि ।

श्रमिकको पक्षमा वकालत गरिराख्दा के श्रमिकहरुले सरकार लगाएको लकडाउनको उल्लंघन गर्नु के ठिक हो त ? के हामी बसेको आ-आफ्नो गाउँ वा टोलमा यस्तो मजदुरी गर्ने श्रमिकहरुको पेटको लागि स्थानीय सरकार वा हामी आफ्नै टोलबासीले उहाँहरुको गासको लागि सहयोग गर्न सक्दैनन् र ? राज्यले यथाशीघ्र श्रमिक र अन्य नागरिकको लागि खाद्यान्नको ब्यबस्था गरिदिनुपर्छ ।

किनकि यो समय भनेको घरमामै बस्नु, घरबाट बाहिर ननिस्कनु नै सरकारले लगाएको लकडाउन हो । जसको मर्म हामीले पनि बुझ्नुपर्छ । कोरोनालाई नियन्त्रण गर्नु सरकारको मात्र दायित्व होइन हामी सबै जनताले घरमा (क्वारेन्टाइन) बसेर सहयोग गर्नु पनि हो । त्यसैले प्रहरी र मेयरको अभियानमा मेरो पुर्णसमर्थन छ ।

अशोक राई
(यो सामग्री राईको फेसबुकबाट लिइएको हो ।)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here