काठमाडाैं । प्रेस काउन्सिलले अनलाइन सञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको छ ।

कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि काउन्सिलले आचारसंहिता पालनामा थप कडाइ गरेकाे हाे ।

अनुगमनको क्रममा चैत १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टिकरण सोधिएकाे थियाे । र, १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने प्रतिवद्धता गराइएकाे थियाे ।

चैत ११ गते पुन एउटा अनलाइनसँग स्पष्टिकरण मागिएको छ । त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५ वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध गरिएकाे छ ।

कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलका ७ जना कर्मचारीले दैनिक कार्यालयमै उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गरिरहेकाे काउन्सिलले जनाएकाे छ ।

काउन्सिलले यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चारमाध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह समेत गरेकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here