काठमाडौं । यशुका अनुयायीहरुलाई कोरोनाले छुनै सक्दैन भन्दै प्रवचन दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पोखराबाट पक्राउ परेका पास्टर केशव आचार्यलाई तत्काल विनासर्त रिहा गर्न राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष सीवी गहतराजले बुधबार प्रेस विज्ञप्ती निकालेर उक्त माग गरेका हुन् ।

जुम्ला स्थायी घर भई पोखरा महानगरपालिका–३२ खुदी सुकुमबासी टोलमा बस्ने आचार्य सो महानगरपालिकाको वडा नं २९

पावरहाउसस्थित प्रशस्त कटनी मण्डलीका पास्टर हुन् । पास्टर आचार्यको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

‘सामाजिक सञ्जालमा प्रसारित भिडियो सामाग्रीको अध्ययन गर्दा उक्त भिडियोमा दिइएको अभिव्यक्ति पास्टर आचार्यको सम्बन्धित मण्डलीभित्र प्रचार गरेको प्रवचन रहेको प्रस्ट देखिन्छ,’अध्यक्ष गहतराजले लेखेका छन्,‘सो अभ्यास नेपालको कानुन विपरित नभएको र प्रकाशित समाचारमा आएजस्तो झुठा, भ्रमपूर्ण अभिब्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक संजालमा अपलोड र शेयर गरी धर्म प्रचार प्रसार समेत गरेको भन्ने कुरामा कुनै सत्यता नभएको महासंघको ठहर छ ।’

अध्यक्ष गहतराजले कोरोना भाइरसको संकटकाे बेला भाइरस नफैलियोस भनेर आफूहरुले ईश्वरको प्रार्थना गरिरहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here