काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको लकडाउन कडाइका साथ पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

उनले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

नेता श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘कृपया लकडाउन कडाईपूर्वक पालना गरौ । कोभिड–१९ बाट बचौ र बचाउन सहयोग गरौ ।’

उनले कतिपय स्थानमा लकडाउन पालना नगरिदा सेना परिचालन गर्नुपरेको खबर प्राप्त भएकोमा दुःख व्यक्त गर्दै भनेका छन्, ‘त्यस्तो स्थिति आउन नदिऔ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here