तस्बीरः प्रकाश सपुतकाे पेजबाट

काठमाडौं । गायक प्रकाश सपुतले कोरोना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा दुई लाख रुपैयाँ जम्मा गरेका छन् ।

‘गलबन्दी’, ‘बाेल माया’जस्ता गीतबाट चर्चित र लोकप्रिय बनेका सपुतले सरकारी कोषमा जम्मा गरिदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

चलचित्र ‘परदेशी–२’बाट अभिनय क्षेत्रमा समेत प्रवेश गरेका उनले हिजो (मंगलबार) फेसबुकमार्फत प्रधानमन्त्रीलाई पत्र देख्दै दुई लाख रुपैयाँ कोषमा जम्मा गर्ने बताएका थिए ।

उनले आफू हाल सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै लेखेका छन्, ‘सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भीडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फ क्वारेन्टाइनमा बसेका छौं । दसैंमा नजुट्ने हाम्रो परिवार यसपालि घरभरि भएका छौं ।’

चलचित्र परदेशी–२ मा उनले अग्रज चलचित्रकर्मी दिलीप रायमाझीसँग काम काम गरिरहेका छन् । गायक सपुतले रायमाझीलाई आदर्श व्यक्तिकाे रुपमा लिएका छन् । यो कुरा उनले यसअघि बताएका थिए । रायमाझीसँगै चलचित्र अभिनय गर्न पाउँदा धेरै खुसी लागेकाे उनले बताएका थिए ।

परदेशी–२ को सुटिङको क्रममा दिलीप रायमाझीसँग प्रकाश सपुत

सरकारले काेराेना भाइरसकाे संक्रमणकाे जाेखिमबाट बच्न २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेपछि परदेशी–२ को सुटिङ रोकिएको थियो । सुटिङ रोकिएपछि उनी बागलुङ धम्जास्थित आफ्नाे घरमा पुगका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here