काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का संघीय सांसदहरुले सरकारले खडा गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा १५ दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।

राजपाका महासचिव केशव झाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग गर्ने उद्देश्यसहित पार्टीका १९ जना संघीय सांसदहरुले कम्तिमा पनि १५/१५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।
राजपाबाट प्रतिनिधि सभामा १७ र राष्ट्रिय सभामा दुई जना सांसद छन् ।

महासचिव झाले हालसम्म कोरोना भाइरसको उपचारको औषधी पत्ता नलागेकाले घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्न सर्वसाधारणमा आग्रह समेत गरे ।

सरकारले एक साताको लागि लकडाउन गरी घरभित्र बस्न नागरिकहरुलाई अपिल गरेकोमा सरकारले जारी गरेका नियय पालना गर्नुपर्ने र सावधानी अपनाउनुपर्ने महासचिव झाले बताए ।

उनले दैनिक ज्यालादारी गरेर बाँच्ने मजदुरहरुको समस्याका बारेमा सरकारले कुनै काम गरेको नदेखिएकोले मजदुरहरुको बारेमा पनि गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here