कोरोना तिमीले महामारी
फैलाउने कस्तो शहर बनायौं
भाइरस सधैं तिम्रो छायाँभरि
रमाउने कस्ताे रहर बनायौं ।

सारा तिम्रो करूणाविहीन डर त्रासले भयावह छन्
सबै यहाँ
अनावसै सृष्टि भई
मनुष्यलाई गलाउने कस्तो
जहर बनायौ ।

संसारको हरेक देशमा तिम्रा
पापी भाइरस नपुगेको ठाउँ नै छैन
मानवभित्रभित्रै तिम्रो
संक्रामण डुलाउने कस्तो
लहर बनायौ ।

मानवलाई यति ठूलो चोट
दिन्छौ भनी कस्लाई थाहा
थियो र ?
दिन रात कष्टमा पारी
मानिस बगाउने कस्तो
नहर बनायौ ।

दुनियाँले तिम्रो क्रुरताबारे
डराई कहाली लाग्दो चर्चा
गर्छन्
यो धर्तीमा प्रकोप बनी
हरपल तर्साउने कस्तो कहर बनायौ ।।

रचना : तारा लाओती लिम्बू
ठेगानाः पथरीशनिश्चरे नगरपालिका- १, विशाल मार्ग, माेरङ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here