शुभराज भोम्जन

दक्षिण कोरिया । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (Covid -19) अहिले विश्वका लगभग सबै देशहरुमा फैलिरहेको छ।

कोरोना भाइरसको प्रत्यक्ष प्रभाव दक्षिण कोरियामा पनि परेको छ । लगभग डेढ महिना अघिदेखि कोरियामा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बिस्तारै बढ्दै गयो ।

हालसम्म कोरियामा लगभग ९ हजार जनालाइ कोरोना लागिसकेको छ । करिब ५० हजारको हाराहारीमा नेपालीहरु रहेको दक्षिण कोरियामा कोरोना संक्रमित नेपाली कोरियाले जारिगरेको तथ्याङ्कमा भने फेला परेको छैन ।

कोरिया सरकारले जारि गरेको तथ्याङ्कमा कोरोना सङ्क्रमित नेपाली नरहे पनि मानसिक रुपमा भने निकै सशङ्कित बनेका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा छ भनेपश्चात सरकारले केही साताअघि यसको जोखिमबाट बच्न कोरोना प्रभावित मुलुकहरु नेपाल प्रवेशमा रोक लगाएको थियो ।

सरकारको उक्त निर्णयले गर्दा विभिन्न देशमा छोटो समयका लागि गएका नेपालीहरुलाइ भिसाको समस्या पर्न सुरु भएको छ ।

भिसा समस्या भएका नेपालीहरुलाई दक्षिण कोरियास्थित नेपाली दुतावासले एक सुचना जारी गर्दै भिसा थप्ने प्रकृयामा सहभागिताको लागि आह्वान गरेको छ ।

छोटो समयको लागि कोरिया आएका नेपालीहरुलाई आफूसँग रहेको एलिएन कार्ड, पासपोर्ट, नेपाल प्रवेशमा प्रतिबन्ध लागेको सूचनाको प्रमाण, स्वदेश फिर्ती हवाइ टिकट लगायतका कागजात लिएर कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क गरि भिसा थप्नको लागि नेपाली दुतावासले सुचना जारी गरेको छ ।

B1,B2,C1,C2,C3 र C4 भिसा भएका नेपालीहरुले भिसा अबधि सकिनु अबधी अगावै कोरियाली अधागमन विभागमा निवेदन दिएर भिसा सहज रुपमै थप्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here