काठमाडौं । कमेडी च्याम्पियनका टप थ्री प्रतियोगी खड्गबहादुर पुन मगर (खबपु चन्चल मगर) ले कलाकारहरुलाई जातीय रुपमा नहेरीदिन आग्रह गरेका छन् ।

सोसल मिडियामा लोकप्रिय देखिए पनि कमेडी च्याम्पियनको उपाधि हात नपारेपछि खबपुका समर्थकहरुले कमेडी च्याम्पियन आयोजकले षडयन्त्र गरेको भन्दै विरोध र नाराबाजी गरेपछि खबपुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त आग्रह गरेका हुन् ।

खबपुका समर्थक बढीजसो मगर वा आदिवासी समुदायका देखिएका थिए ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कमेडी च्याम्पियनको फिनाले गत शनिबार काठमाडौंमा भएको हो । धादिङका हिमेश पन्तले उपाधि पाएका थिए । अर्का प्रतियोगी सुमन कोइराला हुन् ।

कलाकार खबपुले पत्रकार सम्मेलनमा निकै सन्तुलित भनाइ राखे ।

आयोजकले शनिबार दिउँसो १२ बजेसम्म मात्र भोटिङ समय भने पनि अपरान्न ४ बजेसम्म भोटिङ खुला गरेको, उक्त कुरा जानकारी खबपुलाई जानकारी नगराइएको र प्रतियोगीहरुले प्राप्त गरेको भोट सार्वजनिक नगरेको भन्दै खबपुका समर्थकहरुले कार्यक्रम स्थलमै नाराबाजी गरेका थिए ।

‘होला मान्छे हो गल्ती, कमीकमजोरी भयो होला,’ आफ्नाे समर्थकहरुको बिचमा बसेर पत्रकार सम्मेलन गरेका खबपुले भने, ‘मलाई मगरको मात्र कलाकार नसम्झनुहोला । कलाकारहरुलाई जातीय, धार्मिक, क्षेत्रीय रुपमा नलिदिनुहोला ।’

कलाकार खबपुले पत्रकार सम्मेलनमा निकै सन्तुलित भनाइ राखे ।

उनले आफूले च्याम्पियनको ताज मात्र नबोकेको दर्शक र शुभचिन्तकहरुले विजयी बनाइदिएको बताए ।

उनले भने, ‘हामीले च्याम्पियन चलेको ३ महिनासम्म राम्रोसँग आफ्नाे विज्ञापन गर्यौ । हाम्रो दर्शक शुभचिन्तकहरुले नै हामीलाई यहाँसम्म ल्याएदिएका हुन् ।’

उनले च्याम्पियनको विवाद नतताउन आग्रह गर्दै भोट दिएर च्याम्पियनको फिनालेसम्म ल्याइदिएकामा सबैलाई धन्यवाद दिए ।

1 COMMENT

  1. chanchal vai very good comments but one thing you should aware about bahunbaadi in NEpal. please do present your languages issues , cultres on your performances. bhasaalaaii haasya rupamaa hoina kasari khas baaun bhaashaale arko vaasi arko nepali culture harulaaii sautelo vyvahaar gareko chha tesalaaii vyanga garnu holaa. ra magar haru imaandaaar aafu mare pani arulaaii dosh nalaaune baani hunchha tesaile timro jit huna sakena tyo chature vaun haru surumai seting thiyo uniharule jitne vanera santosh budo ra himesh tyaapeko kuraa baatai bujhinchha usale vanchha ma suru maa entry hudaii first hunchhu vanera aaeko yahi nir chha gadbadi .kehi chhaina 1st vaepani vaaunele budda laamaai jastai fasauthiyo . ava joginu . iniharu baahira maatraii uchaalchhan vitra vitra churi haanchhan haami magar aadivaasile kahile vujhenau . kahile kaangresko laagi kahile kamnist kahile goraa kahile raajaa kahile prachandebaburam ko laagi jyaan dieu tara ajhai kura bujhenau hamile . keep it up best wishes.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here