पाेखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ ।

आइतबार समितिले समितिका पदाधिकारीहरुसँग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दै समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा पेश गर्न निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले बजारमा ग्यासको अभाव सिर्जना भएको खाद्यानमा मृल्यवृद्धि भएको, सामानको कृतिम अभाव सिर्जना भएकोजस्ता गुनासो समितिमा आएको भन्दै अनुगमन समितिलाई कडाइका साथ अनुगमन गर्न निर्देशन दिए ।

आइतबार नै परेको विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना दिँदै सभापति कोइरालाले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य खाद्यनमा विशेष ध्यान दिन अनुगमन समितिलाई आग्रह गरे ।

बजारमा अनुगमनको तौरतरिका पुरानै भएकोले बजारमा कालोबजारीमा कमी नआएको उनको बुझाइ छ ।

अनुगमन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनको क्रममा उपभोक्ताले स्टक राख्ने, व्यापारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमा केही समस्या देखिएको बताए ।

सरकारी समन्यन्त्रबाट नियमन र अनुगमन बढी आवश्यक देखएिको उनको भनाइ छ ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षंण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान, एलपी ग्यास र ३ दिनलाई पुग्ने इन्धन रहेको बताए ।

शर्माले पनि उपभोक्ताले स्टक राख्दा बजारमा समस्या देखिएको बताए ।
माक्समा कालोबजारी गर्नेलाई कारबाही भएको भन्दै बजार अनुगमन तीव्र रुपमा गरिएको बताए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान सामाग्री यथेष्ट छ भने पनि बजारमा भने समस्या देखिएको बताए ।

बजारमा अनुगमनको तौरतरिका पुरानै भएकोले बजारमा कालोबजारीमा कमी नआएको उनको बुझाइ छ ।
अुनगमन निरीक्षक नुहँदा ठाउँको ठाउँ कारबाही गर्न नसकिएको उनले बताए ।

अर्थ तथा विकास समितिका सदस्य इन्द्रलाल सापकोटाले बजारमा देखिएका बेथिति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले बजारमा खसीको मासु भनेर बाख्रीको मासु बेच्ने गरेको गुनासो धेरै आएको भन्दै अनुगमन समितिलाई त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here