काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधि धादिङ थाक्रेका हिमेश पन्तले पाएपछि रोल्पाका खड्गबहादुर पुन मगर (खबपु चन्चल मगर) पक्षधरले धाँधली भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा लोकप्रिय देखिएका खबपुले उपाधि नपाएपछि उनका समर्थकहरुले आयोजकले पैसा खाएर कम प्रतिभाशालीलाई उपाधि दिलाएको आरोप लगाएका हुन् ।

खबपुका समर्थकहरुले कमेडी च्याम्पियनका टप थ्रि प्रतिस्पर्धीलाई शनिबार दिउँसो १२ बजेसम्म मात्र भोट हुने भनिए पनि पछि ४ बजेसम्म भोटिङ गरी झुक्याइएको बताएका छन् ।

उनीहरुले १२ बजेसम्मको भोटलाई मात्र मान्यता दिनुपर्ने र उक्त भोट हेर्न पाउनुपर्ने माग गरे । च्याम्पियनको उपाधि घोषणा हुनासाथ उनीहरुले कार्यक्रमस्थलमै आयोजकविरुद्ध नाराबाजी गरेका थिए ।

कमेडी च्याम्पियनको टप थ्रिमा खबपु चन्चल मगर, हिमेश पन्त र सुमन कोइराला पुगेका थिए । आयोजकले फाइनल प्रतिस्पर्धाका लागि गत फागुन १३ गतेदेखि यही चैत १ गते दिउँसो १२ बजेसम्मको समय तोकेको थियो ।

खबपुका समर्थक जुनु पुनले अन्तिम घडीमा १० लाख रुपैयाँको चलखेल भएको दाबी गरेकी छन् ।

यसैबीच पत्रकार मनोज घर्ती मगरले नेपालको रियालिटी शोमा पैसाको चलखेल हुँदै आएकै हो भन्दै ८ बुँदामा आफ्नाे कुरा राखेका छन् । रियालिटी शो वा भोटिङ प्रक्रियाबाट छानिने शोहरुमा हुने चलखेल नेपालको सन्दर्भमा परम्परागत जस्तै रहेको उनको आशय छ ।

उनले फेसबुकमा यसबारे यसरी लेखेका छन् ।

कमेडी च्याम्पियन विजेता हिमेश पन्त, फाइनालिस्ट खड्गबहादुर पुन र सुमन कोइरालालाई बधाई । यी र यस्ता रियालिटी शोहरु मूलतः व्यापार हुन् ।

१. इसेवा वा यस्ता माध्यमबाट भोट हाल्ने, त्यो पनि जति हजार, लाखसम्म । र, एक जनाको खाताबाट । यो भोट हालिएको होइन व्यक्तिको खाताबाट आयोजक कम्पनीको खातामा रकम ट्रान्सफर गरिएको हो । अर्थात, आयोजकलाई तिरिएको । यसबापत इसेवा वा यस्तै कम्पनीले सेवा शुल्क लिन्छन् ।

२. जसले पनि घाटाको व्यापार गर्दैन । यी र यस्तामा पनि हुने कुरा भएन । जे गर्दा आयोजकले लगानी उठाउँछ, नाफा कमाउँछ सबै गर्छ ।

३. भोटिङ भनेकै पैसा हुनेले जित्ने खेल हो । जसरी होस् पैसा जम्मा गर्ने र खन्याउने । भोटिङ प्रणालीको निष्पक्षतामाथि प्रश्न उठिरहेकै छन् ।

४. एउटा सिमकार्डबाट एक भोटसम्म दिन मिल्ने व्यवस्था हुँदा यस्तो व्यापारमा केही हदसम्म नियमन हुनसक्छ ।

कमेडी च्याम्पियन
५. कमेडी च्याम्पियनको फाइनालिस्टमध्ये सुमन कोइराला बहुप्रतिभावान् र खड्गबहादुर पुन बढी लोकप्रिय देखिन्थे । प्रतिभावानको आधारमा सुमनले र लोकप्रियताको आधारमा खड्गले नै उपाधि जित्ने स्वभाविक विश्लेषण थियाे । स्वभाविक छ कि भोटिङ प्रणालीमा लोकप्रिय उम्मेदवार नै अघि हुन्छ ।

६. यहाँ र यस्ता प्रक्रियामा एउटा प्रश्न भने उठाउनै पर्नेछ । जात, वर्ण, क्षेत्र हेरेर होइन प्रतिभा हेरेर भोटिङ गरौं भनेर हुङ्कार दिइन्छ । जब भोटिङ प्रक्रियामा लगिन्छ, स्वभाविक छ कि जसो गर्दा भोट आउँछ त्यसै गर्छ मानिस । सबै उम्मेदवारले आ-आफ्नो शैली अपनाउँछन् । प्रष्ट हुनुपर्छ जब जात, वर्ण, क्षेत्र होइन प्रतिभा हेर भनिन्छ त्यही नै सबभन्दा ठूलो जातिवादी, वर्णवादी र क्षेत्रवादी हो ।

७. यस्तो शोका सकारात्मक पक्ष पनि छन् । प्रतिभा देखाउन पाउने, त्यस्ता प्रतिभाहरूले केही आर्थिक उपार्जन गर्ने, मनोरञ्जन प्रदान गर्ने, व्यापार प्रवर्द्धन गर्ने आदि ।

८. तर, जबसम्म एउटाको खाताबाट अर्काको खातामा रकम पठाउने, जसले धेरै पठाउँछ, उसैलाई विजेता घोषणा गर्ने प्रणाली रहन्छ, तबसम्म लोकप्रियले होइन धनवालाले जितिरहन्छ । र, यो व्यापारको रूपमा रहिरहन्छ ।

2 COMMENTS

  1. अरु त तेस्तै हो यो पत्रकार को कुरा चाहिँ सहि लाग्यो है

  2. खब ब्पु परिपक्क बहुप्रतिभाभएको ले नै जित्ने निस्चित थियो तर सबै तीन छाक्क किन छन भने हिमेश को ग्याङ सबैइ आलाअकछा चुरोट गाजा ट्यापे हरुले कसरी हाले होलान धेरै भोट्। हुन सक्कछ २५ लाख मा १० आउफुले राखेन र १० आयोजकले नै राख्ने सम्झौता गरी कित त हिमेश को k
    गुण्डा गजेदी केटा हरुले आयोजकअलाई धम्की आएको हुनु पर्दछ नत्र किन १२ बजे क्लोज हुने फर्मत एक्क्कसी भूमिगत सैलिमा ४ -४ घण्टा बधाईइयो ।

    हुन त यो आदिवासी जनजातिहरुलाई उचालेर एमोसनल ब्ल्याक मेलिङ गरेर जोगी बनाउने धन्दा न हो । अब कोही आदिवासी ले एस्तो इदल कमेदी डान्स केही मा पनि भाग नलिनु जिते पनि बाउन्ले अबसर दिदैन बेरोज्गार जसती बुद्द लामा प्रसन्त तमाङ हाआ । हा ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here