काठमाडाैं । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् ।

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्गबहादुर पुन मगर (खबपु) र सुमन कोइराला पुगेका थिए ।

निर्णायकहरुले उनीहरूलाई सोझै टप थ्रिमा छानेका हुन् । राउण्ड अफ द विकमा छानिएपछि पन्त फाइनलमा पुगेका हुन् ।

उपाधि विजेता पन्तले एउटा कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीले पुरस्कार प्रदान गरेका छन् ।

तर कमेडी च्याम्पियनमा ठूलाे धाँधली भएकाे भन्दै नाराबाजी गरिएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here