गर्भवती महिलासँग याैनसम्पर्क राख्न हुन्छ वा हुन्न भन्ने खुल्दुली हुन सक्छ । अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा यौन सम्पर्क राख्न चाहँदैनन् ।

कतिपयले गर्भवती भएको तीन महिनापछि यौन सम्पर्क गर्नु हुन्न पनि भन्छन् । तर, मेडिकल साइन्स उक्त मान्यतासँग सहमत छैन ।

चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदलबदल भइरहेको हुन्छ । यो अवस्थामा महिलालाई यौनको भोक बढी हुन्छ । कतिपय महिलाहरुले गर्भवती हुँँदा गरिएको यौन सम्पर्कमा बढी आनन्द प्राप्त गर्दछन् ।

चिकित्सकका अनुसार यौन सम्पर्क केबल एकछिनको रमाइलो मात्र हैन । श्रीमान श्रीमतीबीच नजिक हुने महत्वपूर्ण अवसर पनि हो ।

यो अवस्थामा महिलाको शरीरमा रक्तसञ्चारको गति बढी हुन्छ । त्यसकारण पनि महिलाहरुले यौनको आनन्द बढी लिन्छन् । चिकित्सकको भनाइ अनुसार गर्भवती महिलासँग जुनसुकै समयमा पनि यौनसम्पर्क गर्न सकिन्छ । तर, याैन सम्पर्क राख्दा सावधानी अपनाउनुपर्छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here