लन्डन । बेलायतकी सहायक स्वास्थ्य मन्त्री नदिन डोरिसलाई काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण भएकाे छ ।

मन्त्री डाेरिसले कोरोना भाइरस संक्रमण भएकाे पुष्टि भएपछि आफू चिकित्सककाे सल्लाह अनुसार घरमै ‘सेल्फ आइसोलेशन’मा बसेको बताएकी छन् ।

डाेरिसलाई काेराेना भाइरस संक्रमण भएपछि बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् ।

डाेरिसले पनि ट्वीट गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

उनले आफूलाई ठीक हुँदै गए पनि आफूसँगै रहेकी आमाको भने चिन्ता लागेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मलाई मसँगै रहनुभएकी ८४ वर्षीया आमाको निकै चिन्ता लागिरहेको छ । उहाँले आजबाट खोक्न थाल्नु भएको छ । भोलि उहाँको स्वास्थ्य परीक्षण हुनेछ । सुरक्षित रहनुहोस् र सबैले हात धुनुहोस् ।’

बेलायतमा अहिलेसम्म काेराेना भाइरसकाे संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । ३८३ जनामा संक्रमण देखिएको छ । बीबीसी

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here