रङहरू खुशीले रंगिन बनोस्
होलीको दिन
मनहरू स्फूर्तीले नजिक
बनोस् होलीको दिन

वर्षमा एकपटक आउने
रङहरूको यो चाड
माया सद्रभाव अझै बनोस्
होलीको दिन

हरेक रङहरूले खुशी छर्ने
रमाइलाे यो पर्व
दुःख भुली सबै उमंग बनोस्
होलीको दिन

साथी संगी मिली खुलेर
मनाउने हो यो चाड
मित्रता झनै रङबिरंगी
बनोस् होलीको दिन

बन्धुबान्धबीचको दुरी मेट्ने
यो पनि हो पर्व
सम्बन्ध पुरै रंङीचंङी बनोस्
होलीको दिन

रचनाः तारा लाओती लिम्बू
ठेगानाः पथरीशनिश्चरे-१ विशालचाेक, माेरङ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here