काठमाडाैं । नायिका रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने बताएकी छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले ठूला–ठूला समारोह वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै नहुने बताइन् ।

अझै पनि नारीहरु अन्यायमा परेको भन्दै उनीहरुले यो दिवस सेलिव्रेशन नै गर्न नसकेको उनले बताइन् ।

अधिकार र अवसर कानूनमा पाए पनि अझै पनि व्यवहारमा त्यो लागु नभएको उनको गुनासो थियो । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उनले आफ्नो तर्क गरिन् ।

उनले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताइन् ।

उनले भनिन्, ‘महिला भनेको श्रृंगारको वस्तु हाेइन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिइन्छ । म भन्छु अब महिला बन्नको लागि हाेइन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’

उनले अहिले पनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गरिन् ।

उनले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताइन् । उनले भनिन्, ‘हामी भोट नहालौं न । हामी सधैंभरि दमित भएर नबसौं । च्यालेन्ज गरौं ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here