नारी नै आमा हो हेर
जसले दिन्छ जन्म सबलाई ।
नारी नै धर्ती हो हेर
जसले दिन्छ आहार उब्जाई ॥

नारी नै प्रेम हो हेर
जस्ले दिन्छ संसार अड्याई ।
नारी नै घाम हो हेर
जस्ले दिन्छ तापक्रम खटाई ॥

नारी नै पानी हो हेर
जस्ले दिन्छ प्यास मेटाई ।
नारी नै आगो हो हेर
जस्ले दिन्छ  खाना पकाई ॥

नारी नै फूल हो हेर
जस्ले दिन्छ हरचिज सजाई ।
नारी एक गृहणी हो हेर
जस्ले दिन्छ घरबार बसाई ॥

नारी नै महालक्ष्मी हो हेर
जस्ले दिन्छ सम्पत्ति समाई ।
नारी नै महाकाली हो हेर
जस्ले दिन्छ जीवन ध्वस्त बनाई

नारी एक कोमल हृदय हो हेर
जो दिन्छ रोई आँसु बहाई ।
नारी नै सहनशीलता हो हेर
जो हाँस्छ पीडा छतिमा दबाई ॥

गरौं आदर नारीको हेर
एक आदर्श महामानव बनी ।
गरौं रक्षा नारीको हेर
एक निस्वार्थ अंगरक्षक बनी ॥

हुन्छ नारी जहाँ हेर
उज्यालो छ घरबार त्यहाँ ।
हुदैन नारी जहाँ हेर
अँध्यारो छ घर परिवार त्यहाँ ॥

नारी हो आमा हेर……………

रचना: ज्ञानबहादुर लामा “दोङ”

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here