काठमाडाैं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएकाे छ ।

मंगलबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा भूकम्पका कारण आफ्नो सन्तान गुमाउनु परेको पिडा देखाइएको छ ।

चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री शान्ति वाइवा र अभिनेता बुद्धि तामाङलाई पनि स्थान दिइएको छ । आफ्नो हाराएको छोरी खोज्नको लागि दयाहाङ र शान्ति विभिन्न निकायसम्म पुगेको कुरालाई ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा दयाहाङ, बुद्धि र शान्तिसँगै जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।

चलचित्रले चैत ७ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here