लण्डन । किरात राई यायोक्खा बेलायतकाे आयोजनामा ह्यारो फुटबल क्लब, ह्यारो लन्डनमा गत २२ फेब्रुवरीमा शनिवारको दिन च्यारटी डिनर (रात्रीभोज) तथा सुम्निमा-पारुहाङ साँझ भव्यताका साथ सम्पन्न भएकाे छ ।

बेलायतमा आगामी मे २४, २५ र २६ मा हुन लागेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आर्थिक सहयोगार्थ कार्यक्रम आयोजना गरिएकाे हाे ।

प्रतिनिधिसभा सदस्य महेन्द्र राई लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तारा राई, समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य भगवान चाम्लिङ, जनजाति महासंघ बेलायतको अध्यक्ष जंग सुनुवार, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरू शुसिला राई, रामशरण सिंखडा, किरात राई यायोक्खा नेपालका पूर्वअध्यक्षहरू योशोदा राई, डा. सुमाया राई अतिथिको रुपमा उपस्थित थिए ।

गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्षहरू प्रेम गहा मगर, रोजिना प्रधान, गैरआवासीय नेपाली संघ, यूकेका निवर्तमान उपाध्यक्ष तथा सामाजिक अभियान्ता शेर सुनार, नेपाल वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष धनबहादुर सार्की, जनसम्पर्क समिती बेलायतका उपाध्यक्ष कोपिला सुब्बा लगायत दर्जनौ सामाजिक संस्थाका प्रतिनिधिि उपस्थिति थियाे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्षहरू प्रेम गहामगर, रोजिना प्रधान, गैरआवासीय नेपाली संघ, यूकेका निवर्तमान उपाध्यक्ष तथा सामाजिक अभियान्ता शेर सुनार, जनजाति महासंघ वेलायतको अध्यक्ष जंग सुनुवार, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य रामशरण सिंखडा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य श्रीमती महेन्द्र राई लिम्बुले शुभकामना मन्तव्य दिदै किरात राई यायोक्खा वेलायतले किरात राई तेस्राे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर ऐतिहासिक कार्य गर्न लागेको र यस सम्मेलनमार्फत विश्वभरिकाे किरात राईहरूको एकता, सद्भाव र सहकार्य मजबुत भएर जाने बताइन् ।

उनले सम्मेलनको सफलता शुभकामना दिदै सम्मेलनको लागी ५० हजार नेपाली रुपैयाँ सहयोग दिने घोषणा गरिन् ।

कार्यक्रममा बोल्दै किरात राई यायोक्खा वेलायतका अध्यक्ष कल्पना राईले आफू अध्यक्ष पदको प्रत्यासी बन्दै गर्दा आफ्नो घोषणापत्रमा किरात राई अन्तराष्ट्रिय सम्मेलन वेलायतमा सम्पन्न गर्ने भनेर उल्लेख गरेको स्मरण गर्दै साेही एजेण्डा अनुरुप नै किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको र सम्मेलन सफलताको लागि सबैलाई सहयोगको लागी अपिल गरिन् ।

कार्यक्रममार्फत सम्मेलनको लागि करिब ६ हजार पाउन्ड (झन्डै ९ लाख रुपैया) संकलन भएको छ ।

त्यसैगरी सम्मेलनलाई आर्थिक सहयोग पुर्याउनका लागि मास्टर राष्ट्र राईद्वारा तयार पारिएको प्रथम किराती राजा यलम्बर र सुम्निमा-पारुहाङकाे दुई चित्रलाई लिलाम बढाबढ गरेर ९ सय छब्बीस पाउण्डमा बिक्री गरिएको थियो ।  कार्यक्रममा भर्खर विधावारधी गरेका डा. मुलवीर राईलाई फेटा गुथेर सम्मान गरिएको थियो ।

कार्यक्रममा कवि, गायक तथा साहित्यकारहरू, आनन्द रानोहोछा, सोनाहाङ राई (गायक), रमेश राई (गायक), नारा राई (कबि), किसन राई (गायक), बिसी राई (गायक), सुमी राई (गायिका), नैराज राई (कबि), ईश्वर चाम्लिङ (कबि), डिल्लीराम राई (गीतकार), जानुका राई (गायिका) , दिलीप राई (गायक), खरून राई (गायक), किरण चाम्लिङ (कबि), प्रकाश “प्राण” राई (गायक), अलिसा सुच्चा राई लामा (गीतकार), सेमन्त राई (बाँसुरी बादक तथा कवी), सुरेन्द्र राई (गायक), जानुका राई (गीतकार/कबि), शुष्मा रुपाबुङ (कबि /लेखक), सन्जिव पारदर्शी (गीतकार), शुष्मा राई (गायिका), सेलिना राई (गायिका), लिला गोम्देन राई (गायिका) लगायतले विविध प्रस्तुती दिएका थिए ।

3 COMMENTS

  1. किराँत राई तेस्सो अन्त राष्ट्रीय संमेलन किराँया वेलायतको सातौ अधिवेसनले अनुमोदन गरेर अघि बढि सक्यो यसलाई पुर्णता दिन संसारका किराँत राईहरु समेत यकावद्ध भई सकेकाले अब कुनै कसर बाँकि रहने छैन।

    जय किराँत ✊??

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here