धरान । पहिलो र दोस्रो विश्वयुद्धका साथै विभिन्न देशमा भएका युुद्धहरुमा ज्यान गुमाएका गोर्खालीहरुको सम्झना र सम्मानका लागि आयोजना हुने ‘गोर्खा टे«लब्लेजर रन’ प्रतियोगिता यसपटक धरानमा हुने भएको छ ।

प्रतियोगिता आगामी चैत २२ गते हुनेछ । जसमा १६ वर्ष मुनिका खेलाडीहरु मात्र सहभागी हुनेछन् ।

गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईका अनुसार प्रतियोगितामा कच्ची सडकका साथै डाँडाकाडा भूगोलसहित १५ किलोमिटर दुरी हुनेछ ।

बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका अध्यक्ष राईले करिब ३०० जनाले प्रतियोगितामा भाग लिने बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने महिला र पुरुषले जनही २५, १५ र १० हजार नगदका साथै मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here