बर्दिया । थरुहट थारुवान आन्दोलन प्रभावकारी बनाउनका लागि बर्दियामा शुक्रबार अन्तरक्रिया भएको छ ।

थरुहट थारुवान राष्ट्रिय युवा शक्तिको आयोजनामा भएको अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बरघर, विद्यार्थी, किसान, व्यापारी तथा थारु बुद्धिजीवीहरुको सहभागिता थियो ।

राजापुर कटेजमा भएको कार्यक्रम तथा भेलाले टीकापुर घटना राजनीतिक भएकोले राजनीतिक रुपमै समाधान गर्नुपर्ने निष्कर्ष निकालेको युवा शक्तिका अध्यक्ष सिताराम थारुले बताए ।

उनका अनुसार उक्त अन्तरक्रिया तथा छलफलले निम्न निष्कर्ष तथा तयारी गर्ने निर्णय गरेको छ ।

१. टिकापुरको घटना राजनीतिक घटना हो । यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने ।
२. पहिचानसहितको संघीयता र समानुपातिक समावशीको मुद्दा सम्बोधन गर्ने गरी संविधान संशाेधन हुनुपर्ने ।
३. थारुहरुको हक, अधिकार र पहिचान स्थापित गर्न आ-आफ्नो पार्टीमा भूमिका खेल्ने र थारु स्वाभिमान र साझा मुद्दाको लागि एकठाउँमा उभिएर आन्दोलन गर्ने ।
४. थारुहरुको विभिन्न शक्ति थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थरुहट थारुवान राष्ट्रिय मोर्चा एकठाउँमा गोलबद्ध भएर आन्दोलन गर्ने ।
५. गाउँगाउँ बस्तीबस्तीमा जनजागरण अभियान गर्दै आफ्नो अधिकार, पहिचान र स्वाभिमानको लागि एक ढिक्का भएर अगाडि बढ्ने ।
६. चाडै पार्टीगत, संस्थागत र बरघर, शिक्षक, युवा, विद्यार्थी बुद्धिजीवीसहितको अर्को क्षेत्रीय भेला बाेलाएर बृहत आन्दोलनको तयारी गर्ने ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here