निरहु यादव

कपिलवस्तु । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साहले आफू जनतासामू झुक्ने तर आफूलाई दबाउन खाेज्ने सत्ताधारीसँग कहिल्यै नझुक्ने बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसकाे अवसरमा राष्ट्रिय मदरसा संघ कृष्णनगरले आयोजना गरेकाे सम्मान कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

केही दिनदेखि आफूलाई नगरपालिकाे विकास निर्माण लगायत कार्यमा विभिन्न बहानामा व्यक्तिगत द्वेषका कारण विपक्षी दलका केही नेताहरूले दबाउने प्रयास गरिरहेकाे भन्दै उनले आफू जनताकाे सेवक भएकाेले जनतासामू झुक्ने तर दबाउन खाेज्ने शक्तिसामू नझुक्ने प्रष्ट पारेका हुन् ।

कार्यक्रममा अवधी तथा उर्दु भाषा संरक्षणमा भूमिका निर्वाह गर्ने मौलानाहरुलाई सम्मान गरिएकाे छ ।

कार्यक्रम जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगरको सभा हालमा भएको थियो । जसमा कृष्णनगर नगरपालिकाका प्रमुख साहका साथै सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायव उपरीक्षक सुशीलकुमार शाही, समाजवादी पार्टी प्रदेश नं ५ को प्रवक्ता अकरम पठान लगायतकाे उपस्थिति थियाे ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here