काठमाडाैं । साहित्यकार एवं चलचित्र निर्माता ज्ञानबहादुर लामाकाे ‘पल्लो गाउँको देवीथान’ बाेलकाे नयाँ गीत भिडियाेसहित सार्वजनिक गरिएकाे छ ।

गायक प्रेम लामा र गायिका जुनु गौतमकाे स्वर रहेकाे उक्त गीतमा सरोज ठकुरी, निता र सुजता राईले अभिनय गरेका छन् ।

गीतकाे भिडियाे निर्देशन र छायाँङकन प्रेम लामाले गरेका हुन् ।

गीतमा गाउँघरका विविध सांस्कृतिक मेला र युवायुवतीहरुको माया र सम्बन्धलाई उतारिएकाे छ ।

ज्ञानबहादुर लामाले रचना गरेको यस गीतलाई गायक प्रेम लामाले संगीत गरेका हुन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here