खोटाङ । उद्योग वाणिज्य संघ खोटाङको आयोजनामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलमा अहिले ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’ भइरहेको छ ।

उक्त महोत्सवमा अश्लिल प्रस्तुतीको छबि बनाएकी कलाकार ज्योती मगरलाई नल्याउने आग्रह गरिएको छ ।

१० दिनसम्म चल्ने महोत्सवमा सामाजिक विसंगति प्रेरित गर्ने ज्योती मगर जस्ता कलाकारलाई नल्याउन प्रगतिशील लेखक संघ खोटाङले अन्तिम घडीमा आयोजकको ध्यानाकर्षण गराएको थियो ।

तर, महोत्सवमा मगर आइपुगिन् र बिहीबार साँझ उनले खोटाङबासी युवाहरुलाई तताएकी छन् ।

गीत भन्दा पनि उनको हाउभाउ र अर्धनग्न खालको प्रस्तुतिले दर्शक तताउने गर्छ ।

ज्योती मगरको प्रस्तुतिका केही झलकः तस्बिर Sanjib DM Dancer काे फेसबुकबाट ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here