काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिदको क्रममा ७० करोड रुपैयाँ कमिसनको सेटिङ मिलाएको अडियो सार्वजनिक भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बास्कोटालाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ ।

कांग्रेसले आज (बिहीबार) प्रेस विज्ञप्ती निकालेर मन्त्री बास्कोटालाई पदबाट बर्खास्त गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरामार्पmत सार्वजनिक भइरहेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’

मन्त्री बास्कोटाले स्वीस कम्पनीका एकजना एजेन्टसँग सेक्युरिटी प्रेस खरिदका विषयमा ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा गरेको अडियोमा सुनिन्छ ।

उक्त अडियो हाल भाइरल भइरहेको छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here